6 years ago
September 13, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोना तथा अर्जेन्टिना स्टार लिओनेल मेसी उत्कृष्ट खेलाडी भएपनि यो बर्ष लुका मोड्रिचको रहेको क्रोएसिया र बार्सिलोनाका स्टार इभन राकिटिचले बताएका छन् ।
रियल म्याड्रिडको ऐतिहासिक च्याम्पियन्स लिग बिजयी यात्रामा महत्वपूर्ण सदस्य रहेका मोड्रिचले केहि साटा अघि युइएफए उत्कृस्ट पुरुष खेलाडीको उपाधि जितेका थिए । फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा समेत मोड्रिच शीर्ष तीनमा परेका छन् । बार्सिलोनाका स्टार मेस्सीलाई भने फिफा उत्कृस्ट खेलाडीको मनोनयनमा राखिएको छैन । अन्तिम तीन स्थानमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र मोड्रिच छन् ।
राकिटिचले भने, ‘केहि त्यस्ता सिजन हुन्छन जहाँ आफु खराब वा राम्रो हुन सकिन्छ । मेरा लागि विश्वकै उत्कृस्ट खेलाडी मेसी हुन् । तपाईं १० जनालाई प्रश्न सोध्नुभयो भने ९ जनाले मेसीको नै नाम लिनेछन्। तर मलाई लाग्छ यो बर्ष भने लुकाको हो । मेस्सी रअन्य सबै लाई समेत थाहा छ कि मोड्रिच यस सिजन सबै अवार्ड पाउन सक्षम छन् ।’
उनले थपे, ‘यदि उनि युरोपका उत्कृष्ट खेलाडी भैसके भने अब फिफा उत्कृष्ट खेलाडी समेत उनी नै हुनु पर्छ । मैले उनको लागि केहि गर्नु परेको छैन । उनी जे छन् त्यो सबै आफ्नो मेहेनतले छन् ।’ मोड्रिच दुई साताअघि मोनाकोमा भएको यूईएफए अवार्ड समोरहमा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]