6 years ago
September 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो । त्यसपछिको खेलमा भुटानलाई ४-० र अायोजक बंगलादेशलाई २-० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । अर्को समूहबाट माल्दिभ्स समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
हालसम्म ४ पटक सेमिफाइनल पुगेको नेपालले फाइनल यात्रा भने तय गर्न सकेको छैन । यसअघि सन् २०१३ मा नेपाल घरेलु मैदानमा अफगानिस्तानसँग पराजित भएको थियो ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]