default_image

6 years ago

September 13, 2018

साफ च्याम्पियनसिप – सेमिफाइनलबाट बाहिरिएको नेपाली टोली स्वदेश फर्कदै

69 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बिमान बंगलादेशबाट नेपाली टोली नेपाली समय अनुसार बिहान १०ः१५ बजे ढाकाबाट काठमाडौंका लागि उड्नेछ । ढाकाको बंगबन्धु नेसनल स्टेडियममा बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो ।

निराशाजनक सुरुवात त्यसपछिका दुई खेलमा उच्च प्रदर्शन र सेमिफाइनलमा फेरि पनि निराशाजनक प्रदर्शनसहित नेपाली टोलीको यसपटकको यात्रा अन्त्य भएको थियो । समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएपछि नेपाली टोलीको चर्को आलोचना भएको थियो । प्रशिक्षक बालगोपाल महर्जनको रणनीतिमा पनि धेरैले शंका गरे ।

तर, भुटानसँगको दोस्रो खेलमा नेपाल लयमा देखियो । ४–० को जितमा ४ अलग अलग खेलाडी गोल गरे । सेमिफाइनल प्रवेशका लागि जितको विकल्प नरहेको बंगलादेशविरुद्धको खेलमा नेपालले २–० को जित निकाल्यो । त्यति बेलामा सम्म बंगलादेशका अधिकांश खेल पत्रकारले च्याम्पियनको मुख्य दाबेदारका मानेका थिए ।

अर्को तर्फ माल्दिभ्सको सुरुवात निकै कमजोर फितलो थियो । श्रीलंकासँग गोलरहित बराबरीमा खेलको माल्दिभ्स भारतसँग २–० ले पराजित भयो । श्रीलंकासँग अंक र गोलअन्तर पनि बराबरी रहँदा माल्दिभ्स भाग्यशाली बन्दै टसका आधारमा सेमिफाइनल पुग्न सफल रह्यो । सेमिफाइनलमा माल्दिभ्सले भाग्यको साथ खोजेन ।

नेपालमाथि सुरुवातबाट हावी रह्यो र जितको हकदार बन्यो । नवौं मिनेट कप्तान अक्रम अब्दुल घानीको गोलबाट अग्रता बनाउन सफल रह्यो । वर्षा र चट्याङको खतरामा २७ औं मिनेटमा खेल रोकियो । झन्डै आधा रोकिएको खेल पुनः सुरु हुँदा पनि नेपाल खेलमा फर्कने धेरैको अपेक्षा थियो । तर, त्यस्तो भएन । एक रुपताको प्रदर्शन गर्नबाट चुक्दै आएको नेपाल फेरि एक पटक सेमिफाइनलमा निराश बन्न पुग्यो ।

खेलको अन्त्यतिर इब्राहिम हसन वाहिले २ गोल गरेसँगै नेपाली टोलीले यात्राको अन्त्य गर्यो । सन् १९९३ मा सार्क गोल्ड कपका नामबाट सुरु भएको च्याम्पियनसिपको १२ औं संस्करण सम्म आइपुग्दा नेपाल मात्र ४ पटक सेमिफाइनल पुग्न सफल भएको छ । तर, त्यसबाट अघि बढ्ने अवसरबाट फेरि पनि नेपाली चुक्दै घर फर्केको छ । नेपालले साफ च्याम्पियनसिप जित्ने सपना कम्तीमा अहिलेका लागि सपनामा मै सिमित भएको छ ।

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.