6 years ago
September 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबले अफिज ओलावाले ओलाडिपोलाई क्लबमा अनुबन्ध गरेको छ ।
क्लबले नाइजेरियन फरवार्ड ओलावालेलाई बुधबार एक सिजनको लागि अनुबन्ध गरेको हो । मनाङले करिव पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै क्लबले आफ्ना पुर्व फरवार्ड ओलावालेलाई क्लबमा अनुबन्ध गरेको बताइएको छ । उनको अनुबन्ध रकम खुलाइएको छैन । ‘ए’ डिभिजन लिग असोज १३ गतेबाट शुरु हुदैछ ।
२३ वर्षीय ओलावाले करिव दुई वर्षपछि मनाङमा फर्किएका हुन् । उनी अहिले बंगलादेश प्रिमियर लिग क्लब रहमतगन्ज मुस्लिम फ्रेन्डस् सोसाइटी (एमएफएस) मा रहेका थिए । उनले ६ खेलमा ३ गोल गरेका थिए । त्यसअघि उनी अवहनी लिमिटेड चितगोङमा विताएका थिए । उनले १३ खेलमा ६ गोल गरेका थिए ।
अन्नपूर्ण क्लब आरसिटीबाट नेपाली फुटबल खेल्न शुरु गरेका ओलावालेले त्यसपछि रुस्लान थ्री स्टारबाट पनि व्यावसायिक फुबबल खेलेका थिए ।
सन् २०१६ मा मनाङमा रहेका ओलावालेले २४ खेलमा २० गोल गरेका थिए ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]