6 years ago
September 12, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ ।
यस जितसँगै डिफेन्डीङ च्याम्पियन भारतले शनिबार हुने फाइनलमा उपाधि रक्षाका लागि माल्दिभ्सको सामना गर्नेछ । सात पटकको उपाधि विजेता भारतले ४८ औं मिनेटमा मनवीर सिंहको गोलमा अग्रता लिएको थियो । मनवीरकै गोलमा भारतले अग्रता दोब्बर पार्न सफल रहयो । गोलकर्ता मनवीर चोट लाग्दै मैदान छाडेपछि मैदान प्रवेश गरेका सुमित पासीले भारतका लागि तेस्रो गोल गरे । पाकिस्तानका लागि हसान बसिरले सान्त्वना गोल फर्काएका थिए ।
यस जितसँगै भारत कीर्तिमानी ११ औं पटक फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनल पुगिसकेको छ । माल्दिभ्सले सन् २००८ मा भारतलाई हराउँदै उपाधि जितेको थियो । त्यसबाहेक टोली तीन पटक उपविजेता बनेको छ । भरातले भने ७ पटक उपाधि जितिसकेको छ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]