default_image

6 years ago

September 12, 2018

‘लगातार गल्ती गर्नु महँगो’ – प्रशिक्षक महर्जन

78 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले लगातार गल्ती दोहोर्याउँदा प्रतियोगिताबाट बाहिरिनु परेको बताए साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै घर फर्किएको छ

नेपालले खेलको सुरुआतमै गोल खाएको थियो । कप्तान अक्रमको फ्रिकिक गोलमा पछाडी पारेको नेपाली टोलीले अन्तिम समयमा लगातार दुई गोल खाएको थियो । नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोचे अनुसारको खेल्न नसक्दा पराजित हुन पुगेको बताए । ‘आज हामीले सोचे अनुसार खेल्न सकेनौं । सोचेजस्तो खेल्न नसकिरहेको अवस्थामा मौसमले पनि साथ दिएन ।’

खेलदौरान वर्षा भएपछि पहिलो हाफको बिचमा खेल रोक्नुपरेको थियो । वर्षासँगै चट्याङ परेपछि प्रतिकुल मौसमको कारण देखाउँदै खेल आधा घण्टापछि पुन: सुचारु भएको थियो । खेलपछि प्रशिक्षक महर्जनले पत्रकार सम्मेलनमा भने, ‘खेलाडीहरुले गल्ती माथि गल्ती गरिरहे । पहिलो गोल नै खेलको टर्निङ प्वाइन्ट बन्यो । माल्दिभ्सका खेलाडीले व्यक्तिगत रुपमा पनि राम्रो प्रदर्शन गरे । यो नै हाम्रो हारमा कारक बन्यो ।’ उनले यसअघिका खेलमा जस्तै वैकल्पिक खेलाडीले पनि राम्रो खेल्न नसकेको बताए ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.