6 years ago
September 12, 2018
प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियनसिप २०१८ अन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनलमा ३–० ले पराजित हुँदै नेपाल फेरी एकपटक फाइनल अगावै घर फर्किएको छ । पहिलो पटक फाइनल प्रवेशका लागि नेपालसामु आएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा नेपाली टोली कीर्तिमान रच्नबाट बन्चित भयो ।
इतिहासमा जस्तै नेपालले माल्दिभ्सविरुद्धको खेलमा पनि पछि परेपछि पुनरागमन गर्न सकेन । नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीको फ्रि किक गोलमानेपाल पछि परेको थियो । साफका पछिल्ला दुई सेमिफाइनलमा गोल गर्न नसकेको नेपालले यसपटक पनि कुनै गोल थप्न सकेन । नेपाली टोलीले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो सुरुआत गरेपनि गोल गर्न भने सकेन । लगातार गोल गर्ने अवसर चुकाउँदा हतोत्साहित भएको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको थियो ।
यसअघि सन् १९९९ को सेमिफाइनलमा नेपाल र बंगलादेश खेलेका थिए । त्यसबेला बंगलादेशले ६२ औं मिनेटभित्र २ गोल गरेपछि नेपालले ७४ औं मिनेटमा गोल फर्काएको थियो । हाल नेपाली टोलीका प्रशिक्षक रहेका बालगोपाल महर्जनले उक्त गोल गरेका थिए । त्यसपछि सन् २०११ र २०१३ को सेमिफाइनलमा दुवै पटक अफगानिस्तानले नेपाललाई १–० ले पराजित भएको थियो । सन् २०१३ को सेमिफाइनलमा गोलरक्षक किरण चेम्जोङको गल्ति र रोहित चन्दको पेनाल्टी नेपालको लागि महँगो सावित भएको थियो ।
सन् २०११ को सेमिफाइनलमा निर्धारित समयको खेल गोलरहित भएपछि नेपालले अतिरिक समयको १ सय ११ औं मिनेटमा गोल खाएको थियो । सन् २०१३ काठमाडौंमा भएको च्याम्पियनसिपमा नेपालले ११ औं मिनेटमा गोलको सामना गरेको थियो । सेमिफाइनलमा पछि परेको इतिहास बदल्न नसक्दा नेपाल फेरि एकपटक सेमिफाइनलबाट बाहिरिएको छ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]