6 years ago
September 12, 2018
प्रकाश तिमल्सिना
ढाका – ढाकामा जारी साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को उपाधि जित्ने सम्भावनालाई जीवित राख्ने नेपाली टोलीसँग कम्तिमा ४५ मिनेट समय बाँकी छ । किन की नेपाल बंगबन्धु नेसनल स्टेडियममा जारी माल्दिभ्सविरुद्धको सेमिफाइनलको पहिलो हाफमा १–० ले पछाडि परेको छ । पहिलो पटक फाइनल प्रवेशका लागि अहिले सम्मको नेपालको सेमिफाइनल इतिहासलाई बदल्नु पर्ने हुन्छ ।
यसअघिका तीनै सेमिफाइनलमा नेपालले गोल खाएपछि पुनरागमन गर्न सकेको छैन । यस पटक पनि नेपाल सेमिफाइनलमा पछि परेको छ । नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीको फ्रि किक गोलमानेपाल पछि परेको थियो ।
यसअघि तीनै सेमिफाइनलमा नेपाल पछि परेको थियो । साफका पछिल्ला दुई सेमिफाइनलमा नेपालले गोल गर्न सकेन सकेको थिएन । त्यसअघि गोल गरेपछि खेलमा फर्कन पर्याप्त थिएन ।
सन् १९९९ को सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । नेपालले ६२ औं मिनेटमा २ गोल गरेपछि नेपालले ७४ औं मिनेटमा गोल फर्काएको थियो । नेपालका लागि अहिलेका नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले गोल गरेका थिए । त्यसपछि २०११ र २०१३ को सेमिफाइनलमा नेपाल दुवै पटक अफगानिस्तानसँग १–० ले पराजित भएको थियो
सन् २०११ को सेमिफाइनलमा थप समयमा (१११ मिनेट) मिनेटमा गोल खाएको नेपालले २०१३ मा काठमाडौंमा भएको च्याम्पियनसिपमा ११ औं मिनेटमा गोलको सामना गरेको थियो । सेमिफाइनलमा पछि परेको इतिहासलाई बदल्न सकेन भने नेपाल फेरि एकपटक सेमिफाइनलबाट निराश हुनुपर्ने छ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]