6 years ago
September 12, 2018
प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा नेपाल र माल्दिभ्स भिड्दै छन् । २७ मिनेटको खेल सकिँदा नेपाल १-० ले पछाडी छ । प्रतिकुल मौसमका कारण खेल रोकिएको छ । रेफ्रीको निर्णय अनुसार खेल नेपाली समयअनुसार ४:४५ मा सुचारु हुनेछ ।
प्रतियोगिता नियमावली अनुसार रेफ्रीले खेल रोकिएको ३० मिनेटपछि खेल मैदान निरीक्षण गरेर खेल सुचारु गर्न सक्छन् । त्यसअघि नै मैदान खेल्न लायक भएको अवस्थामा पनि रेफ्रीले खेल सुरु गराउन सक्छन् । तर ३० मिनेटको निरीक्षणपछि पनि खेल सुरु गर्न नसकेको अवस्थामा भने रेफ्रीले सुधार हुने सम्भावना देखेर थप ३० मिनेट समय लिन सक्छन् ।
यदि खेल मैदान सुधार हुने सम्भावना छैन भने खेल स्थगित हुनेछ । स्थगित भएको अवस्थामा खेलबारे रेफ्रीले २ घण्टामा निर्णय गर्नुपर्ने हुन्छ । खेल सोहि समयबाट सुरु हुने हो या अन्य केहि निर्णय हुने विषयमा रेफ्रीले दुवै टोलीलाई जानकारी दिनेछन् ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]