default_image

6 years ago

September 12, 2018

साफ च्याम्पियनसिप फाइनल : वर्षा र चट्याङले खेल रोकियो

82 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र माल्दिभ्सको खेल वर्षा र चट्याङका कारण रोकिएको छ । माल्दिभ्सले खेलको सुरुआतमै फ्रिकिकमार्फत अग्रता लिइसकेको छ । 

प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा माल्दिभ्सका लागि कप्तान आक्रम घानीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्स र गोलरक्षकलाई झुक्याउँदै गोल भएको थियो । मैदानमा लगातार वर्षासँगै चट्याङ परेपछि २७ औं मिनेटमा खेल रोकिएको हो ।  म्याच कमिस्नर चाइनिज ताइपेइका चेन लियाङले श्रीलंकाका रेफ्री दिलन परेरालाई खेल रोक्न निर्देशन दिएका हुन् ।

नेपाल अहिलेसम्म सेमिफाइनल चरण पार गर्न सकेको छैन । १-० ले पछाडी परेको नेपाल खेलको नतिजा उल्टाउन अझै समय बाँकी छ । नेपालले खेलको पहिलो हाफमा केहि मौका सिर्जना गरेपनि गोल गर्न भने सकेको छैन ।  पछिल्लो खेलबाट नेपालले कुनै परिवर्तन गरेको छैन भने माल्दिभ्सले ५ खेलाडी परिवर्तन गरेको छ ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.