default_image

6 years ago

September 12, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध माल्दिभ्स [लाइभ अपडेट]

70 views

0 Bookmark

नेपाल ०-३ माल्दिभ्स

किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, निराजन खड्का र भरत खवास  (कप्तान)

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना

हेलो नमस्ते

अहिले हामीले बंगबन्धु रंगशालाबाट नेपाल र माल्दिभ्सबीचको  पहिलो सेमि फाइनल  खेलको प्रत्यक्ष लाइभ लिएर आएका छौं ।

खेल स्थानीय समयअनुसार ४ बजेपछि शुरु हुनेछ ।
नेपालको लागि माल्दिभ्सविरुद्धको आजको खेल ऐतिहासिक हुनेछ । आजको खेलमा जित हात पारे नेपाल २५ वर्षे साफको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गर्नेछ ।
साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई पराजित गर्न सकेको छैन । नेपाल र माल्दिभ्स अहिलेसम्म ६ खेल खेलेका छन् । जसमा नेपालले ४ खेलमा हार बेहोरेको छ भने दुई खेलमा हार बेहोरेको छ ।
नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । माल्दिभ्स समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको टोली हो । समूह ‘बी’ मा माल्दिभ्स र श्रीलंकाको समान १ अंक भएपछि टसको आधारमा माल्दिभ्सले अन्तिम चारमा स्थान बनाएको थियो ।
खेल ४ बजेपछि शुरु हुनेछ । दुवै टोली अहिले वार्मअपमा रहेका छन् ।
अहिले बंगलादेशमा पानी पर्न लागेको छ ।
दुवै टोलीको वामअप सकिएको छ ।
खेल शुरु हुन लागेको छ ।
फिफाको धुन बजेको छ ।
बंगलादेशमा हल्का वर्षा भएको छ ।
रंगशालामा दर्शकको न्युन उपस्थिति रहेको छ ।
नेपालको राष्ट्रिय धुन बजेको छ । नेपालको राष्ट्रिय धुन सकिएको छ ।
माल्दिभ्सको राष्ट्रिय धुन बजेको छ । माल्दिभ्सको राष्ट्रिय धुन सकिएको छ ।
नेपाल आज निलो जर्सीमा तथा माल्दिभ्स रातो जर्सीमा मैदान उत्रिएको छ ।
खेल शुरु भएको छ ।
पहिलो मिनेटमै नेपालका डिफेन्डर आदित्य चौधरी घाइते देखिएका छन् । खेल पुन: सुरु भएको छ ।
हल्का वर्षा भएका कारण मैदान केही चिप्लो जस्तो देखिएको छ ।
खेलको पाँचौ मिनेट सकिएको छ । दुवै टिमले आक्रमण बुन्न सकेको छैन ।
आठौं मिनेटमा माल्दिभ्सले डि–बक्स बाहिर फ्रि किक पाएको छ ।
नवौं मिनेटमा अक्रम अब्दुल घानीले फ्रिकिकमा सिधै गोल गरेको छ ।
नेपाल खेलमा १–० ले पछि परेको छ ।
खेलको १५औं मिनेट सकिएको छ । नेपाल खेलमा १–० ले पछि परेको छ । के नेपाल खेलमा फर्कन सक्ला ?
१७औं मिनेट सुनिल बलको पासमा भरत खवासको डि–बक्स बाहिरबाट प्रयास   ।
नेपाली टिमले स्वभाविक खेल खेल्न सकेको छैन ।
नेपालले प्रिकिक पाएको छ । विमल घर्तीमगरको फ्रिकिक थोरै बाहिरिएको छ ।
नेपाल खेलमा १–० ले पछि छ ।
२० औं मिनेट नेपाल मुस्किलले जोगिएको छ ।
२२औं मिनेट – सुनिल बलको फ्रिकिक गोलरक्षक मोहम्मद फैजलले बचाएको छ ।
२५औं मिनेट – को सकिएको छ । नेपाल १–० ले पछि छ ।
२७औं मिनेट– मा प्रतिकुल मौसमका कारण खेल रोकिएको छ ।
थन्डर स्ट्रोम (आधी/तुफान) आउन सक्ने सभ्भावित कारण खेल रोकिएको छ । दुवै टोली ड्रेसिङ रुममा गएका छन् ।
खेल शुरु हुने तयारीमा छ । म्याच रेफ्री र खेलाडीहरु मैदान प्रवेश गरेका छन् ।
खेल नेपाली समय अनुसार ४ः४५ बजेपछि शुरु हुने बंगजलादेश फुटबल पदाधिकारीले बताएका छन् ।दुवै टोली अहिले वामअपमा छन् ।
रोकिएको खेल शुरु भएको छ ।
२८औं मिनेट नेपालले कर्नर पाएको सुनिल बल कर्नर प्रहारमा छन् । तर, सुनिलको कर्नर सदुपयोग हुन सकेन ।
३०औं मिनेटको खेल सकिएको छ । खेलमा नेपाल १–० ले पछि छ ।
३१औं मिनेट– नेपालले कर्नर पाएको थियो । तर, कर्नर सदुपयोग हुन सकेन ।
३३औं मिनेट – नेपालले अर्काे कर्नर पाएको छ । कर्नरमा सुनिल बल छन् ।
नेपालले खेलमा मुभ बनाउन प्रयास गरिरहेको छ ।
३५औं मिनेट – नेपालले निरन्तर मुभ बनाउने प्रयास गरेको छ ।
३७औं मिनेट– नेपालबाट राम्रो मौका तर, असफल
३९औं मिनेट– भरत खवास गोल गर्नबाट चुक्यो । विमल घर्ती मगरको शक्तिशाली प्रहारलाई गोलरक्षकले रिवाउन्ड फाल्दा भरतको प्रहार थोरै बाहिरियो ।
पहिलो हाफ सकिन पाँच मिनेट बाँकी । नेपाल खेलमा १–० ले पछि छ ।
पहिलो हाफ अन्तिम समयमा नेपालले कर्नर पाएको छ ।
४ मिनेट समय थप गरिएको छ ।
पहिलो हाफ समाप्तः खेलमा नेपाल १–० ले पछि  ।
दोस्रो हाफ शुरु भएको छ । नेपाल खेलमा १–० ले पछि छ । के नेपाल खेलमा फर्किएला ?
नेपाल दोस्रो हाफको शुरुवातबाटै आक्रमक रुपमा प्रस्तुत भएको छ ।
४८औं मिनेट – करिव २० यार्डमा नेपालले फ्रिकिक पाएको छ । फ्रिकिक सदुपयोग हुन सकेन ।
५०औं मिनेट किरणले मुस्किलले जोगाएको छ ।
५४औं मिनेट सकिएको छ । नेपाल खेलमा १–० ले नै पछि छ ।
५६औं मिनेट – माल्दिभ्सका खेलाडी केही घाइते देखिएका छन् ।
६०औं मिनेट – नेपालबाट दुई खेलाडी परिवर्तन निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ र कप्तान भरत खवासको स्थानमा अन्जन विष्ट मैदान प्रवेश ।
६१औं मिनेट – माल्दिभ्सबाट खेलाडी परिवर्तन मोहम्मद इरुफानको स्थानमा हुसेन निहान मैदान प्रवेश ।
६२औं मिनेट – अन्जन विष्टको सशक्त प्रहार गोलरक्षकबाट मुस्किलले बचाउ ।
६५औं मिनेट समाप्तः नेपाल १–० ले पछि ।
६५औं मिनेट – सुनिल बलको फितलो प्रहार   ।
६७ औं मिनेट – सुनिल बलको लामो प्रहार पोस्टको केही दुरीबाट बाहिरियो ।
नेपाली टोली गोल गर्ने दवावमा छ । गोेलरक्षक किरण पनि केही अघि बढेर खेलिरहेका छन् ।
७१औं मिनेट माल्दिभ्सको कर्नर नेपाली डिफेन्डरले क्लियर गरिदिएका छन् ।
७५औं मिनेट – नेपालबाट खेलाडी परिवर्तन सुमन अर्यालको स्थानमा विशाल राई मैदान प्रवेश ।
७५औं मिनेट नवयुग श्रेष्ठको प्रहार बाहिरियो ।
७८औं मिनेट किरणद्धारा उत्कृष्ट बचाउ ।
खेल सकिन १० मिनेट बाकी,  नेपाल खेलमा १–० ले नै पछि छ ।
८०औं मिनेट – माल्दिभ्सबाट खेलाडी परिवर्तन, हसन नेइजको स्थानमा आसादुल्ला अब्दुल्ला मैदान प्रवेश  ।
८३औं मिनेट – सुन्दर मौका तर, असफल  ।
८४औं मिनेट –  इब्राहिम हसन वाहिद दर्शनीय गोल ।
दिनेश राजवंशीले क्लियर गर्न असफल
८६ मिनेट – माल्दिभ्सको फेरि गोल, इब्राहिम हसन वाहिदको गोल ।
खेल सकिन दुई मिनेट बाँकी
नेपाल खेलमा ३–० ले पछि छ । के नेपाल खेमा फर्किएला ?
चार मिने समय थप गरिएको छ ।
इन्जुरी समयमा बिमल घर्तीमगरको प्रहार पाकिस्तानी गोलरक्षकबाट पञ्च गरेर बचाउ ।
खेल सकिएको छ । यससँगै नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
यससँगै नेपाल फेरि एकपटक सेमिफाइनलमा पुग्नबाट वञ्चित बनेको छ ।
नेपाललाई पराजित गरेको माल्दिभ्स ९ वर्षपछि फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
माल्दिभ्स सन् २००९ मा फाइनलमा प्रवेश गरेको थियो ।
हामीलाई अहिलेसम्म साथ दिनुभएकोमा धेरै–धेरै धन्यवाद । हामी अरु कुनै खेलको यस्तै प्रत्यक्ष लाइभ अपडेट लिएर आउनेछौं ।

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

Success

Thank you for your time.