default_image

6 years ago

September 12, 2018

माल्दिभ्सविरुद्ध सुरुआती ११ घोषणा, टोलीमा परिवर्तन छैन

75 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका– साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि नेपालको सुरुआती ११ घोषणा भएको छ । शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलबाट प्रशिक्षक बालगोपाल महर्जनले कुनै परिवर्तन गरेका छैनन् ।

नेपालको सुरुआती एघारमा किरण चेम्जोङ गोलरक्षक छन् । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी सहित सुमन आर्याल र दीनेश राजवंशीले रहनेछन् । मिडफिल्डको जिम्मेवारी रोहित चन्द, सुनील बल, निराजन खड्का र सुजल श्रेष्ठले सम्हाल्नेछन् । निकै प्रतिस्पर्धात्मक देखिएको  आक्रमणमा विमल घर्ति मगर र भरत खवासले खेल्ने छन् । भरतले टोलीको कप्तान पनि रहने छन् ।

बंगलादेशविरुद्ध दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै दोस्रो गोल गरेका नवयुग श्रेष्ठ बेन्चमा नै रहेका छन् । यस्तै  विराज महर्जन,अन्जन विष्ट र विशाल राई पनि वैकल्पिक खेलाडीको रुपमा अवसरको प्रतिक्षामा हुनेछन् । सेमिफाइनल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । अर्को सेमिफाइनलमा साँझ ७:१५ बजे भारत र पाकिस्तान भिड्नेछन् ।

नेपालको सुरुआती ११ :

गोलकिपर– किरण चेम्जोङ

रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ

मिडफिल्ड- रोहित चन्द, नीराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ

फरवार्ड – विमल घर्तिगमर, भरत खवास (कप्तान)

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

Success

Thank you for your time.