6 years ago
September 12, 2018
प्रकाश तिमल्सिना
ढाका– साफ च्याम्पियनसिपअन्तर्गत बुधबार दिउँसो हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । उक्त खेलका लागि शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलेका पहिलो रोजाई नै उत्रने सम्भावना प्रबल छ ।
ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा जारी प्रतियोगितको उक्त खेलमा भरत खवास र निराजन खड्का पहिलो रोजाइमा भित्रिएका थिए । नेपालले यसअघि खेलेका तीनै खेलमा टोलीमा परिवर्तन गरेको थियो । भुटानविरुद्धको दोस्रो खेलमा अन्जन विष्ट र विशाल राईको ठाँउमा भरत र नीराजन आएका थिए । त्यसअघि पाकिस्तानविरुद्ध पहिलो रोजाईमा परेका भरतले दोस्रो खेलमा भने स्थान बनाउन सकेका थिएनन् ।
भुटानविरुद्ध ४–० को जितको खेलमा परिवर्तित खेलाडीका रुपमा प्रवेश गर्दै भरतले गोल गरेपछि बंगलादेशविरुद्ध टोलीको कप्तानी नै सम्हालेका थिए । प्रशिक्षक बाल गोपाल महर्जनले टोली सेट भएको र जितको सिलसिलालाई परिवर्तन हुन नदिने पक्षमा छन् । नेपालले सोहि रणनीतिमा खेले किरण चेम्जोङ गोलरक्षक रहँदा अनन्त तामाङ, आदित्य चौधरी सहित सुमन आर्याल र दीनेश राजवंशीले रक्षापंक्ति सम्हाल्नेछन् ।
नीराजनसहित मिडफिल्डमा रोहित चन्द,सुनील बलन सुजल श्रेष्ठ र नीराजन रहनेछन् । आक्रमणमा विमल र भरतले खेल्ने छन् । पछिल्लो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका नवयुग श्रेष्ठ भने टोलीमा नपर्ने सम्भावना बढेको छ । नेपाल र माल्दिभ्सको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । अर्को सेमिफाइनलमा भारत र पाकिस्तान भिड्नेछन् ।
सम्भावित नेपाली टोली :
गोलकिपर– किरण चेम्जोङ
रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड- रोहित चन्द, नीराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तिगमर,भरत खवास (कप्तान)
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]