6 years ago
September 12, 2018
ढाका (हाम्रो खेलकुद) – नेपालले आज साफ सुजुकी कपको सेमिफाइनलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानिय समय अनुसार ४ बजेपछि खेल शुरु हुनेछ ।
सन् २०१३ को सेमिफाइनल खेलेको टोली
साफको २५ वर्षे इतिहासमा नेपालले अहिलेसम्म सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । भारतमा २०१५ मा भएको साफ च्याम्पियनसिप बाहेक नेपालले अघिल्ला दुई संस्करणको सेमिफाइनलमा स्थान बनाएको थियो । उच्च लयमा देखिएको नेपालले यसपटक माल्दिभ्सलाई पराजित गर्दै पहिलोपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ ।
नेपाली टिममा अहिले २०११ को साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउदा महत्वपूर्ण खेलाडीहरु पनि रहेका छन् । केही खेलाडीहरु साफको तेस्रो सेमिफाइनल खेल खेल्ने तयारीमा छन् । २०११ को टिममा रहेका पाँच खेलाडी अहिलेको राष्ट्रिय टिममा रहेका छन् ।
गोलरक्षक किरण चेम्जोङ, कप्तान विराज महर्जन, रोहित चन्द र भरत खवास साफको तेस्रो सेमिफाइनल खेल खेल्ने तयारीमा छन् । बिमल घर्तिमगर र पाँच वर्षपछि राष्ट्रिय टिममा पूनरागमन गरेका मिडफिल्डर निराजन खड्का साफमा दोस्रो सेमिफाइनल खेल्ने तयारीमा छन् ।
२०११ को साफको सेमिफाइनल खेल्ने टिम :
किरण चेम्जोङ, विराज महर्जन, विकास सिंह क्षेत्री, रोहित चन्द, सागर थापा, राजु तामाङ, भोलानाथ सिलवाल (विजय गुरुङ– ८१), भरत खवास (निराजन खड्का–८९), सन्दीप राई, जुमानु राई, सन्तोष साहुखल (अनिल गुरुङ–७०)
२०१३ को साफका सेमिफाइनल खेल्ने टिम:
किरण चेम्जोङ, विराज महर्जन, सन्दीप राई, रोहित चन्द, रविन श्रेष्ठ, भोलानाथ सिलवाल, भरत खवास, सागर थापा, राजु तामाङ (विमल घर्तीमगर–६१), अनिल गुरुङ, जुमानु राई
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]