default_image

6 years ago

September 12, 2018

रिचार्लीसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल ५-० ले विजयी

44 views

0 Bookmark

ल्यान्डओभर (एजेन्सी) – ब्राजिलो राष्ट्रिय टोलीबाट पहिलो पटक सुरुआती रोजाईमा खेलिरहेका एभरटनका रिचार्लीसनले दुई गोल गरेपछि ब्राजिलले म्यारील्यान्डमा भएको मैत्रीपूर्ण खेलमा एल साल्भाडोरलाई ५-० ले पराजित गरेको छ

प्रशिक्षक टिटेले गोलरक्षक नेटो र डिफेन्डर एडार मिलिसाओलाई डेब्यु गराएको खेलमा पहिलो रोजाइमा परेका रिचार्लीसन फरवार्ड र आर्थरले मिडफिल्डमा खेलेका थिए । विश्व वरियताको ७२ औं स्थानमा रहेको एल साल्भाडोरविरुद्ध ब्राजिलले तेस्रो मिनेटमा नै अग्रता लियो ।  रिचार्लीसनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा नेयमारले गोल गरे ।

त्यसको केहि मिनेटपछि रिचार्लीसन आफैंले गोल गरे ।  उनले १५ मिटर टाढाबाट गरेको उत्कृष्ट प्रहार टप कर्नरमा छिरेको थियो । खेलको आधा घण्टा समय नबित्दै ब्राजिल ३-० ले अगाडी बढ्यो ।  नेयमारको पासमा फिलिपे कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै ब्राजिललाई सहज जिततर्फ उन्मुख गराए ।

दोस्रो हाफमा दुवै टोलीले खेलाडी परिवर्तन गरे । त्यसका बाबजुद पनि ब्राजिलले पाँचौ मिनेटमा नै चौथो गोल गर्यो ।  पेनाल्टी क्षेत्रभित्रको बललाई उनले शक्तिशाली प्रहर गर्दै गोलमा परिणत गरे ।  मार्किन्हसले खेलको अन्तिम मिनेटमा नेयमारको कर्नरमा हेडर मार्फत गोल गर्दै सहज जित पक्का गरे ।

खेलपछि म्यान अफ द म्याच भएका रिचार्लीसनले निकै खुसी भएको अभिव्यक्ति दिए । ‘मैले पाएको अवसरको सदुपयोग गर्दै दुई गोल गर्न सकें ।  अब यो जितको खुसी मनाउँदै क्लब फुटबलमा अझै धेरै मिहिनेत गर्नेछु ,’ उनले भने ।  ब्राजिलले अब अर्को महिना हुने मैत्रीपूर्ण खेलमा साउदी अरेबियाको सामना गर्नेछ ।  त्यसको ४ दिन पछि अर्जेन्टिना र ब्राजिल खेल्नेछन् ।

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.