default_image

6 years ago

September 12, 2018

बेल्जियमद्वारा आइसल्यान्ड सहजै पराजित

57 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ३-० ले पराजित गरेको छ । बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे ।

खेलको पहिलो हाफमा फरवार्ड लुकाकुलाई आइसल्यान्डका वेरीर इंगि इन्गासनले पेनाल्टी क्षेत्रभित्र लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो । हाजार्डले २९ औं मिनेटमा उक्त पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोली बेल्जियमलाई अगाडी बढाए । लगत्तै लुकाकुले पोस्टको नजिकैबाट गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । उनले खेलको ९ मिनेट समय बाँकी हुँदा फ्लिकमार्फत गोल गर्दै बेल्जियमको जित पक्का गरे ।

पछिल्ला १३ खेलमा घरेलु मैदानमा अपराजित रहेको आइसल्यान्डले नेसन्स लिगको सुरुआती कलम नै हार बेहोर्यो । यसअघि स्विटजर्ल्यान्डले आइसल्यान्डलाई ६-० ले पराजित गर्दै आफ्नो लय देखाएको थियो । समूहमा आइसल्यान्ड र बेल्जियमले ३-३ अंक जोडेका छन् भने आइसल्यान्ड अंकविहिन रहेको छ ।

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.