default_image

6 years ago

September 12, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध माल्दिभ्स – सम्पूर्ण जानकारी

62 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले फाइनलमा स्थान बनाउन समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो । उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस

खेल : नेपाल विरुद्ध माल्दिभ्स

खेल हुने स्थान : बंगबंधु रंगशाला

खेल सुरु हुने नेपाली समय : दिउँसो ३ः४५  बजे

प्रत्यक्ष प्रसारण : डीस होम एक्सन स्पोर्ट्स, एपीवन एचडी, साथै यप टिभीबाट अनलाइन हेर्नसक्नु हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध २-१ को हार बेहोर्दै खराब सुरुआत पाएको थियो । तर दोस्रो खेलमा भुटानलाई ४-० ले पाखा लगाउँदै नेपाल सेमिफाइनल नजिक पुगेको थियो । नेपालका लागि उक्त खेलमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले गोल गरेका थिए । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्नैपर्ने अवस्थामा नेपाल २-० ले विजयी हुँदै समूह विजेता बन्न सफल रहयो । नेपालका लागि विमल घर्ति मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

अर्को समूहमा भने भारतले श्रीलंका र माल्दिभ्सलाई समान २-० अन्तरले हराउँदै समूह विजेता बन्यो । माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा सकिएका कारण दुवै टोली समान अंक र गोलमा रहे । प्रतियोगिताको नियमअनुसार टस गरेर समूह उपविजेता छान्ने निषकर्ष भयो । टसमा माल्दिभ्स भाग्यमानी बन्दै सेमिफाइनल यात्रा तय गर्न सफल रहयो । माल्दिभ्सले प्रतियोगितामा कुनै गोल गर्न सकेको छैन ।

समूह चरणमा नेपालका खेलहरु 

नेपाल १-२ पाकिस्तान : सेप्टेम्बर ४

नेपाल ४-० भुटान : सेप्टेम्बर ६

नेपाल विरुद्ध बंगलादेश : सेप्टेम्बर ८

माल्दिभ्स ०-० श्रीलंका : सेप्टेम्बर ७

माल्दिभ्स ०-२ भारत : सेप्टेम्बर ९

खेल समय दिउँसो ३ः४५ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । सच्चाइएको समय बिहान ७ः४५ बजे

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

Success

Thank you for your time.