6 years ago
September 12, 2018
म्याड्रिड (एजेन्सी) – रुसमा सम्पन्न फिफा विश्वकपमा उपविजेता बनेको क्रोएसिया यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा स्पेनसँग ६-० ले पराजित भएको छ ।
शनिबार भएको खेलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको स्पेनले क्रोएसियालाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गर्यो । साउल निगुएजले पहिलो हाफको २४ औं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । मार्को एसेन्सियोले ३३ औं मिनेटमा २० यार्ड टाढाबाट गोल गर्दै अग्रता दोब्बर पारे । लगत्तै उनकै शक्तिशाली प्रहार पोस्टमा लागेर फर्कने क्रममा गोलरक्षक लोभ्रे कालिनिचलाई लाग्दै गोलमा परिणत हुन् पुग्यो ।
दोस्रो हाफमा स्पेनले दबदबा कायम नै राख्यो । रोड्रीगोले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा गोल गरे । त्यसको ९ मिनेटपछि कप्तान सर्जियो रामोसले कर्नरमा हेडर गोल गर्दै ५-० को अग्रता दिलाए । रियल म्याड्रिडका मिडफिल्डर इस्कोले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै ७० औं मिनेटमा गोल गर्दै ६-० को फराकिलो अन्तर कायम गरे ।
क्रोएसियाले विश्वकप फाइनल खेलेका ४ खेलाडीलाई मात्र सुरुआती ११ मा उतारेको थियो । गोलरक्षक ड्यानीएल सुबासिच र फरवार्ड मारियो मान्जुकीचले सन्न्यास लिइसकेको अवस्थामा युवा खेलाडीले मौका पाएका थिए । डिफेन्समा दोमगोज भिडा र मिडफिल्डमा कप्तान लुका मोड्रीच, इभान राकीटिच र इभान पेरिसिचले फराकिलो हार टार्न सकेनन् ।
यो क्रोएसियाको सबैभन्दा ठूलो हार पनि हो । जितसँगै नेसन्स लिगको ए४ समूहमा स्पेन ६ अंकसहित शीर्ष स्थानमा छ । इंग्ल्यान्ड र क्रोएसियाले कुनै अंक जोडेका छैनन् । दुवै टोली अक्टोबरमा हुने खेलमा आमनेसामने हुनेछन् ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]