default_image

6 years ago

September 11, 2018

जापानद्धारा कोस्टा रिका पराजित

66 views

0 Bookmark

ओसाका (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली पावरआउस जापानले कोस्टा रिकालाई पराजित गरेको छ । जापानले कोस्टा रिकामाथि ३–० को सहज जित निकालेको हो ।

 


जापान ओसाकास्थित सुइटा सिटी स्टेडियममा मंगलबार भएको खेलमा जापानलाई सहज जित दिलाउन सो सासाकी, टाकुमी मिनामिनो र जुन्या इटोले गोल गरे । घरेलु टोली जापानले खेलको १५औं मिनेटमा सो सासाकीको गोलबाट अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको जापानले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । ६६औं मिनेटमा टाकुमी मिनामिनोले गोल गरेपछि जापानले खेलमा २–० को अग्रता बनाएको थियो । ९०औं मिनेटमा इटोले गोल गरेपछि जापानले कोस्टारिका माथि ३–० को सहज जित निकाल्न सफल भयो ।

कोस्टा रिकाले घरेलु टोलीमाथि दवाव सिर्जना गरेपनि जापानको बलियो डिफेन्सलाई तोड्न नसक्दा पराजि हुन पुग्यो ।

मंगलबारै भएको मैत्रीपूर्ण खेलमा अर्काे एसियाली राष्ट्र दक्षिण कोरियाले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ ।

एसियाड  च्याम्पियन कोरियामाथि चिलीका आर्टुरो भिडाल र डिएगो भाल्डेजले सुन्दर मौका चुकाएको थियो । यता, कोरियाले पनि केही सुन्दर मौका खेर फालेको थियो ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.