6 years ago
September 13, 2018
एजेन्सी – बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी विश्व फुटबलमा सबै भन्दा सफल गोल गर्ने खेलाडी मध्येका एक हुन् । यति मात्र हैन, उनले गोल गर्ने समयमा केही जादुमयी क्षणको निर्माण समेत गरे ।
जस्तोकी गेटाफेविरुद्ध १९ बर्षको उमेरमा उनले जब मध्ये रेखाबाट बल लिदै गोल गरे, तब उनको गोललाई म्याराडोना गोलको संज्ञा दिए । अथवा सन् २०११ को च्याम्पियन्स लिग सेमिफाइनलमा रियल म्याड्रिडविरुद्ध सान्टियागो बर्नबेउमा गरेको उनको दोस्रो गोल नै किन नहोस् । अर्जन्टिनी सुपरस्टारले यति गोल गरे की याड गरेर साध्य छैन । तर, यस्ता चार टिम छन् जसका विरुद्ध मेस्सीले सर्वाधिक गोल गरेका छन् ।
४. एथलेटिक बिलबाओ
एथलेटिक बिलबाओ स्पेनिस लिगको शीर्ष टिम मध्येको एक हो । अहिलेसम्म बार्साका कप्तान मेसीले बिल्बाओविरुद्ध ३० खेल खेलेका छन् । यसक्रममा उनले २४ गोल गरे । बिलबाओविरुद्धको खेलमा उनको नाममा ९ असिस्ट पनि रहेको छ । उनले सुपर कप दौरान गरेको अविश्वसनीय गोलले पनि आफ्नो स्तर प्रष्ट्याएका छन् ।
३. रियल म्याड्रिड
ला लिगामा रियल म्याड्रिडलाई बार्सिलोनाको सबैभन्दा ठुलो दुश्मन वा प्रतिद्वन्द्वीको रुपमा हेरीन्छ । मेसी जब रियलविरुद्ध मैदानमा उत्रिन्छन् तब रियलका खेलाडीलाई निराशा पारी दिन्छन् । उनले रियलविरुद्ध हालसम्म ३७ खेल खेले । जहाँ उनले दुई ह्याट्रिक सहित २६ गोल र १४ असिस्ट दिए । उनले गरेका २६ गोल मध्ये अधिकांश गोल रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा गरेका हुन् ।
२. एटलेटिको मड्रिड
एटलेटिको मड्रिड मेसिका लागि दोस्रो राम्रो टोली हो । एटलेटिकोविरुद्ध मेसीले ३२ खेल खेल्दै २८ गोल गरेका छन् । घरेलु लिगको कठिन प्रतिद्वन्द्वी एटलेटिकोविरुद्ध मेसी अधिकांश समय हावी हुने गरेका छन् । सामान्यतया एटलेटिकोको डिफेन्स लिगकै उत्कृष्ट रहने भएपनि मेसीविरुद्ध भने खासै राम्रो तथ्यांक छैन ।
१. सेभिल्ला
लियोनल मेस्सी सेभिल्लाका लागि सबै भन्दा घातक साबित भएका छन् । उनले सेभिल्लाविरुद्ध ३२ खेले खेले । ३२ खेल खेलेका मेस्सीले ३१ गोल गरेका छन् । मेस्सीका लागि सेभिल्लाविरुद्ध यो केही पनि हैन । सेभिल्लाविरुद्ध उनीसँग सर्वश्रेष्ठ औसत गोल प्रतिशत छ । उनले सेभिल्लाविरुद्ध यसक्रममा १५ असिस्ट समेत गरेका छन् ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]