6 years ago
September 11, 2018
न्यूयोर्क (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र एल साल्भाडोर खेल्दै छन् । नेपाली समयअनुसार बुधबार बिहान ६:१५ बजे हुने खेलमा ब्राजिलका प्रशिक्षक टिटेले बलियो टोली उतार्ने अपेक्षा गरिएको छ ।
विश्वकपपछि अन्य टोलीले आफ्नो ठूला खेलाडीलै विश्राम दिएपनि ब्राजिलले भने रोबर्टो फिर्मिनो, नेयमार, फिलिपे कोउटिन्हो, क्यसेमिरो र डग्लस कोस्टालगायतका खेलाडीलाई टोलीमा समेटेको छ । यसअघि अमेरिका विरुद्ध भएको खेलमा नेयमार र कोउटिन्होको गोलमा ब्राजिलले २-० को जित दर्ता गरेको थियो । एल साल्भाडोरले भने अघिल्लो खेलमा मोन्टसेराटलाई २-१ ले हराएको थियो ।
एल साल्भाडोर तुलनात्मक रुपमा निकै कमजोर टोली भएपनि ब्राजिलले बलियो टोली नै मैदानमा उतार्ने सम्भावना रहेको छ । विश्वकपको खराब प्रदर्शनपछि टिटे टोलीलाई पुन लयमा ल्याउन प्रयास गरिरहेका छन् । केहि स्टार नाम बेन्चमा भएपनि ब्राजिलको टोली निकै बलियो हुनेछ ।
यो ब्राजिल र एल साल्भाडोर बीच हालसम्मको तेस्रो भिडन्त हो । यसअघि दुवै खेलमा ब्राजिलले २-० को जित दर्ता गरेको छ । ब्राजिलले पछिल्ला ६ मैत्रीपूर्ण खेलमा कुनै गोल खाएको छैन । त्यसमध्य ४ खेल २-० को अन्तरले आफ्नो पक्षमा परेको छ । एल साल्भाडोरले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध खेलेका ९ खेलमा सबै खेल हारेको छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]