default_image

6 years ago

September 11, 2018

पहिला के – सफलता की पुरस्कार घोषणा ?

93 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – पाँच वर्षअघि सन् २०१३ मा काठमाडौंमा साफ च्याम्पियनसिप आयोजना गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियन बने सबै खेलाडीलाई अर्पाटमेन्ट दिने घोषणा गरेको थियो । जित्नु अघि नै पुरस्कारले खेलाडीको मनोबल बढ्ने भन्दै सबैले एन्फाको कदमको उच्च प्रशंसा गरे ।

नेपाल, जहाँ खेलाडीलाई पुरस्कारमा सिमित रकम छुट्टाने सरकारी परम्परालाई चुनौति दिने एन्फाले त्यस खालको पुरस्कारको घोषणा गर्नु साच्चै खेलकुद का लागि सुखद पक्ष थियो । नेपालले प्रदर्शन पनि बेजोड कै गरेको थियो । लगातार दोस्रो पटक नेपाली टोली सेमिफाइनल पुग्न सफल भएको थियो । सन् १९९९ पछि २०११ मा पहिलो पटक सेमिफाइनल पुगेको नेपाली टोली, त्यो पनि काठमाडौंमै आयोजना भएको संस्करणमा सेमिफाइनल पुग्दा नेपाली फुटबल समर्थक धेरै नेपाली च्याम्पियन बन्ने सपना देखेका थिए । तर, दुर्भाग्य नेपाली सेमिफाइनलबाट अघि बढ्न सकेन ।

उक्त सेमिफाइनलको अन्तिम समयमा अफगानिस्तानविरुद्ध बराबरी गर्ने मौकामा पाएको पेनाल्टीमा रोहित चन्दले गोल गर्न सकेनन् । त्यसपछि सुरु भएको नेपाली टोलीको आलोचना । अनि खोज्न थालियो एन्फाको कमजोरी पनि । साफ च्याम्पियनसिप सकिएपछि पुरस्कारको घोषणा पहिला गर्नु ठिक की पछि गर्नु पर्ने भन्ने विषयमा पनि बहस सुरु भएको थियो । त्यतिबेला टोलीका खेलाडीले अपार्टमेन्टको सपनामा रातभर सुत्न नसकेको भनाई पछि मात्र सार्वजनिक भयो । खेलाडीले मनोबल उच्च पार्नका लागि अपार्टमेन्टको घोषणा पछि दबाबको कारण बनेको कतिपयको निष्कर्ष पनि रह्यो ।

तर जे होस्, नेपालमा सफलतापछि पुरस्कारको आस हर खेलाडीले गरेका हुन्छन् । तर, प्रतियोगिता अघि वा पछि गरिने पुरस्कारको घोषणाले कस्तो अन्तर पर्छ भन्ने विषयमा कुनै सर्वेक्षण भएको छैन । नेतृत्वलाई जे सहि ल्याग्यो त्यहि नै अहिलेको लागि सहि मान्ने हाम्रो खेलकुदको परम्परा रहिआएको छ । यसपटक पनि साफ च्याम्पियनसिप जितेमा नेपाली फुटबल टोलीका हरेक खेलाडीलाई ५ लाख रुपैयाँ दिने घोषणा एन्फाले गरेको छ । खेलाडीको मनोबल बढाउनका लागि पुरस्कार घोषणा गर्ने फुटबलमा परम्परा जस्तै बसेको छ । पुरस्कार घोषणाको सवालमा नेपाली खेलकुदमा सम्भवत एन्फा सबैभन्दा अगाडि आउँछ ।

तर, यसपटक पुरस्कार घोषणामा पनि यसअघिको घोषणासँग तुलना भएको सुनिन थालेको छ । खेलाडीले पनि विगतमा जस्तो पुरस्कार घोषणा नभएकोमा गुनासो समेत गरेका बताइएको छ । एन्फाले टोली प्रस्थानगर्नुअघि नै उपाधि जिते ५ लाख दिने घोषणा गरेपछि तत्कालिन अध्यक्ष गणेश थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो समयमा अपार्टमेन्टको घोषणा गरेको स्मरण गराउँदै अहिले पनि त्यस्तै घोषणा गर्न माग राखे ।

खेलाडीहरुको गुनासो पछि एन्फा उपाध्यक्ष कृष्ण थापाले अपार्टमेन्ट घोषणा गर्ने एन्फाको अवस्था नरहेको प्रष्ट पारेको बताएका छन् । उनले भने, ‘एन्फाले ५ लाख घोषणा गरिसकेको छ । साफ च्याम्पियनसिप जित्दा यसमा पक्कै वृद्धि हुन्छ । साफ च्याम्पियनसिप जितिसकेपछि कुनै खेलाडीले मोटरसाइकल चढ्नु पर्दैन भन्ने आश्वासन दिएको छु । सरकारले करमा छुट दियो भने कार चढाउन सकिन्छ भन्ने मेरो आशय हो । यसमा हामी एन्फामा छलफल गर्छौ । पहिला च्याम्पियन हाम्रो लक्ष्य हो ।’

पुरस्कारकै लागि खेलाडीले देशको प्रतिनिधित्व पक्कै गरको हुँदैनन् । तर, देशको प्रतिष्ठा बढाउने खेलाडीलाई पुरस्कृत गर्नु राज्यको दायित्व हुन आउँछ । तर, के प्रतियोगिता अघि नै पुरस्कार घोषणा आवश्यक छ । पुरस्कार घोषणाले नतिजा आउने हो की तयारी र प्रदर्शनका आधारमा आउने हो । मनोलबल पुरस्कार घोषणाले मात्र बढ्ने हो भने यसअघिका घोषणाले कति सफलता मिल्यो त्यसको समिक्षा भएको छैन ? खेलाडीको मनोबल बढाउन कन्ज्युसाई गर्नु पक्कै हुँदैन , तर मनोबल बढाउने नाममा पुरस्कार घोषणालार्ई मात्र प्राथमिकतामा राख्न पनि जायज हुन्न ।

बंगबन्धु गोल्ड कप जितेमा पुरस्कारको घोषणा नगरेको एन्फाले त्यो उपाधि जितेपछि जनही ५ लाख रुपैयाँ दिएको थियो । नेपाल र सरकारले खेल संघहरुले सफलता पछि खेलाडीलाई पुरस्कृत गरेका पनि थ्रुपै उदाहारण छन् । सफलताका लागि प्रेरित गर्नु र सफलता पछि त्यसको मुल्याङकन गर्दै पुरस्कृत गर्नु राज्य र संघको दायित्व हो । तर, मनोबल बढाउने नाममा पुरस्कार घोषणा दबाबको उल्टो कारण बन्नु हुँदैन ।

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

Success

Thank you for your time.