6 years ago
September 11, 2018
प्रकाश तिमल्सिना
ढाका– नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनका लागि यसपटक साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भ्रमण व्यक्तिगत रुपमा उनका लागि यादगार बनिसकेको छ । तर, उनले देखेको अर्को सपना भने पुरा हुन बाँकी छ ।
राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिप जिताउने उनको लक्ष्यमा पुग्न नेपाल दुई खेल टाढा छ । ढाकाको बंगबन्धु राष्ट्रिय स्टेडियममा नेपालले ३ः४५ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । विराज यहि प्रतियोगिताका दौरान राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । दोस्रो खेलमा भुटानविरुद्ध दोस्रो हाफमा परिवर्तित खेलाडीका रुपमा उनले नेपालका लागि सर्वाधिक ६९ क्याप जित्ने खेलाडी बनेका थिए । ६८ क्याप पूर्व कप्तान राजु शाक्यको नाममा रहेको छ । बंगलादेशको खेलमा भने विराज पहिलो रोजाइमा थिएनन् ।
विराजले आफ्नो कप्तानीमा नेपाललाई साफ च्याम्पियनसिप जिताए भने उनी नेपालका सबैभन्दा सफल कप्तान बन्ने छन् । सन् १९९३ यता नेपाली टोली दक्षिण एसियाली स्तरको सिनियर टोलीको च्याम्पियन बनेको छैन । साफ जित्न सके यो १९९३ पछि नेपाली फुटबलका लागि ठूलो उपाधि हुनेछ । त्यसका वावजुद विराजकै कप्तानीमा नेपालले २०७२ को माघ ढाकामा बन्ध बन्धुगोल्ड कप जितेको थियो । फाइनलमा उनीसहित ३ सिनियर खेलाडी सम्मिलित १२ औं दक्षिण एसियलाी खेलकुदमा भारतलाई हराएर यू २३ मा स्वर्ण पदक जितेको थियो । २०७३ को कार्तिकमा नेपाली टोलीले सोलिडारिटी कप जित्दा अनिल गुरुङ कप्तानका रुपमा रहेपनि मैदानमा भने विराजले नै टोलीको कप्तानी गरेका थिए ।
खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान महर्जनले नेपाली टोली माल्दिभ्सविरुद्धको खेलका लागि तयार रहेको बताएका हुन् । ‘हामी माल्दिभ्सविरुद्धको खेलमा आत्मविश्वासी भएर खेल्नेछों । यसको अर्थ बढी आत्मविश्वासी भएर भन्ने होइन । उनीहरु कमजोर प्रतिद्धन्द्धी हैन ’ विराजले भने, ‘टिमले पछिल्ला खेलहरुमा निकै राम्रो खेलिरहेका छन् । उनीहरुमा आत्मविश्वास बढिरहेको छ । यो टिमको लागि खुशीको कुरा हो । हामी जितकै लागि खेल्नेछौं । माल्दिभ्सलाई हराउँदै सबै नेपालीलाई खुसी दिने प्रयास गर्नेछौं । ’
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]