6 years ago
September 11, 2018
प्रकाश तिमल्सिना
ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप ) मा नेपाललाई सबैले दाबेदारका रुपमा हेरेका छन् । यद्दपी नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । सन् १९९३ वर्ष सार्क गोल्ड कपका नाम सुरु हुँदै १९९७ मा साफ च्याम्पियनसिप र अहिले साफ सुजुकी कप रहेको च्याम्पियनसिपमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन ।
बुधबार माल्दिभ्सँग हुने सेमिफाइनलका लागि अन्य टोलीले नेपाललाई दाबेदारका रुपमा स्वीकार गर्दा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई हराउन सक्षम रहेको बताएका छन् । ‘हामीसँग माल्दिभ्सलाई जित्ने आधार छ । नेपाली टोली समूह चरणका तीन खेलमा सशक्त प्रदर्शन गरेको छ । टिममा दिन प्रतिदिन सुधार भैरहेको छ ’ प्रशिक्षक महर्जनले प्रि म्याच सम्मेलनमा भने, ‘खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेलेका छन् । वैकल्पिक खेलाडीले पनि राम्रो खेलिरहेको छ । त्यसैअनुसार खेल्न सके हामी माल्दिभ्सलाई पराजित गर्न सक्नेछौं ।’
साफ च्याम्पियनसिपमा नेपालले अहिले सम्म माल्दिभ्सलाई हराउन सकेको छैन । ६ मध्येका ४ खेल गुमाएको नेपालले २ खेलमा बराबरी गरेको छ । साफ च्याम्पियनसिपको इतिहास माल्दिभ्सका पक्षमा भएपनि अन्य प्रतियोगिताका नेपाली हावी रहेको छ । महर्जनकै नेतृत्वमा नेपालले २०७२ को माघमा बंगबन्धु गोल्ड कप जित्दा माल्दिभ्सलाइ ४–१ ले हराएको थियो । त्यसपछि अर्को महिना नेपाली युवा टोलीले माल्दिभ्सको युवा टोलीलाई ४–१ ले हराएको थियो । त्यसैले नेपाली टोलीको मनोबल उच्च रहेको छ । ‘यी दुई प्रतियोगिता फरक हुन् तर पनि हामी उनीलाई हराउन सक्षम छौं । माल्दिभ्स विगतको तुलानमा कमजोर भएको देखिन्छ । हामीले अवस्था हेरेर खेलमा रणनीति बनाउने छौं, ‘ प्रशिक्षक महर्जनले बताए ।
माल्दिभ्सका प्रशिक्षक पिटरले नेपाली टोली उच्च प्रदर्शन साथ खेलिरहेको बताएका छन् । सधै टोलीलाई भाग्यको साथ नहरने र आफ्नो टोलीले नेपाललाई कडा चुनौति दिने विश्वास व्यक्त गरेका छन् । इतिहासमा जे सुकै भएपनि आफ्नो टोली बुधबार नयाँ इतिहास रच्ने क्रममा रहेकोले त्यसमै केन्द्रित भएको प्रशिक्षक पिटरको भनाई थियो । उनको टोलीले समूह चरणका २ खेलमा जित निकाल्न सकेन । भारतसँग २–० को हार बेहोरेको माल्दिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंका पनि भारतसँथ २–० ले हारेकोले माल्भिस र श्रीलंकाबीच अघिल्लो प्रवेशका लागि गोला प्रथा भएको थियो । त्यसमा माल्दिभ्स भाग्यशाली रह्यो ।
नेपालले भने भाग्यले भन्दा पनि नतिजाले अन्तिम चारको यात्रा तय गरेको थियो । पहिलो खेल पाकिस्तानसँग २–१ ले पराजित भएपनि त्यसपछि भुटानलाई ४–० र बंगलादेशलाई २–० ले हराएर सेमिफाइनल यात्रा तय गरेको थियो । नेपालको यो चौथो सेमिफाइनल यात्रा हो । सन् १९९९, २०११ र २०१३ मा नेपाल सेमिफाइनल पुगेको थियो ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]