6 years ago
September 11, 2018
प्रकाश तिमल्सिना
ढाका – नेपाली राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले साफ च्याम्पियनसिपअन्तर्गत बुधबार हुने माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि तयार रहेको बताएका छन् ।
माल्दिभ्सकै टीसी स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका किरण नेपाल पहिलो पटक फाइनल खेल्न तयार रहेको बताए । ‘हामी सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलको लागि तयार छौं । माल्दिभ्सविरुद्धको खेल्न टिम तयार र उत्साहित छ । माल्दिभ्सलाई पराजित गरेर हामी फाइनल पुग्न चाहान्छौं ।’ गोलरक्षक किरणले भने, ‘साफमा यो मेरो तेस्रो सेमिफाइनल हुनेछ । आफूले सक्ने मिहनेत गर्नेछौं र नेपाललाई फाइनल सम्म पुर्याउने योजना हुनेछ ।’
किरणकै टोली टीसी स्पोर्ट्समा खेल्ने दुई खेलाडी माल्दिभ्सको राष्ट्रिय टोलीमा छन् । फरवार्ड इब्राहिम महुधि र मिडफिल्डर इब्राहिम वाहिद दुवै खेलाडी भारतविरुद्ध पहिलो रोजाइमा खेलेका थिए । किरणले आफ्ना क्लबका सहकर्मीलै पराजित गर्दै नेपाली समर्थकलाई खुशी दिने बताए ।
‘हामीले आफ्नै गल्तीमा पाकिस्तानसँगको हारबाट साफ सुजुकी कपको यात्रा शुरु गरेका थियौ । पहिलो हारसँगै हामीलाई अर्काे चरण पुग्न बाँकी दुवै खेल जित्नै पर्ने दवाव थियो । दोस्रो खेलमा हामीले कमब्याक गर्यौं र तेस्रो खेलमा राम्रो खेल्दै सेमिफाइनलमा पुग्न सफल भयौं । अब लक्ष्य फाइनल पुग्ने हो ,’ किरणले भने ।
‘विशेषगरी बंगलादेशमा रहेका नेपाली फ्यानहरुलाई धन्यवाद दिन चहान्छु । फ्यानहरुबाट हामीले जहिल्यै साथ पाइरहेको छौं । त्यो भनदा धेरै सपोर्टको अपेक्षा गरेका छौं । उनले भोलि हुने खेल हेर्न आउनलको बंगलादेशमा रहेका सबै समर्थकहरुलाई आग्रह गरेका छन्,’ उनले टुंग्याए ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]