6 years ago
September 11, 2018
प्रकाश तिमल्सिना
ढाका – ढाकामा जारी साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुग्ने टोली मध्ये सबैभन्दा कमजोर प्रदर्शन माल्दिभ्सको देखिएको छ । समूह ‘बी’बाट १ अंक र विना गोल माल्दिभ्सले सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । त्यो पनि गोलप्रथामा भाग्यशाली रहँदै । २ खेल जितेको भारत समूह विजेता हुँदा समान १ अंक जोडेको माल्दिभ्स र श्रीलंकाबीच समूह दोस्रोका लागि गोला प्रथा भएको थियो ।
त्यसअर्थमा यसपटक माल्दिभ्स सेमिफाइनल पुग्ने सबैभन्दा कमजोर टोली भन्दा फरक पर्दैछ । त्यहि माल्दिभ्सलाई यसपटक नेपालले प्रतिद्वन्द्विका रुपमा पाएको छ । जबकी नेपाल समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । नेपालले समूह चरणका २ खेलमा जित र १ खेलमा हार बहोरेको थियो । २ गोलको सामना गरेको नेपालले समूह चरणमा सबैभन्दा बढी ५ गोल गरेका छ ।
पाकिस्तानले पनि समान २ खेल जित्दै गोलअन्तरका आधारमा सेमिफाइनल यात्रा तय गरेको थियो । २ खेल जितेपछि बंगलादेश समूह चरणबाट अघि बढ्न सकेन ।यसपटक नेपालले त्यहि कमजोर प्रदर्शन गर्दै आएको माल्दिभ्सलाई सेमिफाइनल प्रतिद्वन्द्वि पाएको छ । यसपटक सहज जस्तो देखिएपनि नेपालका लागि साफ च्याम्पियनसिपमा माल्दिभ्स सधै कडा प्रतिद्वन्द्विका रुपमा रहेको छ ।
साफ च्याम्पियनसिपमा अहिले सम्मको भेटमा नेलाले माल्दिभ्सलाई हराउन सकेको छैन । त्यसैले यसपटक नेपालले माल्दिभ्ससँग भोग्दै आएको बराबरी र हारको नतिजा जितमा बदल्न सकेन नेपालले इतिहास रच्नेछ । २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । साफमा ६ भेटमा नेपाले २ बराबरी र ४ खेलमा हार बेहोरेको छ । अहिले सम्म माल्दिभ्सविरुद्ध एक खेल जित्न सकेको छैन ।
यसपटक बुधबार माल्दिभ्सविरुद्ध साफ च्याम्प्यिनसिपमा पहिलो जित दर्ता गराउन सके नेपालले पहिलो पटक उपाधिका लागि भिड्नेछ । समग्र प्रदर्शनमा पनि नेपाल अहिले सम्म पछाडि छ । नेपाल र माल्दिभ्स अहिलेसम्म समग्रमा १५ पटक आमने सामने भएका छन् । जसमा नेपालले चार खेलमा जित हात पार्दा चार खेलमा बराबरी र ७ खेलमा हार बेहोरेको इतिहास छ । १९ गोल गर्दा नेपालले २० गोल खाएको छ ।
साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्स हेड टु हेड
सन् १९९९ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण (हरि खड्काको दुई गोल)
सन् १९९९ नेपाल विरुद्ध माल्दिभ्स (०–२) तेस्रो स्थान
सन् २००३ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण (निराजन रायमाझी र देवनारायण चौधरी)
सन् २००८ नेपाल विरुद्ध माल्दिभ्स (१–४) समूह चरण (विसन गौचन)
सन् २००९ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण (जुमानु राई)
सन् २०११ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण (सन्दीप राई)
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]