6 years ago
September 11, 2018
लन्डन (एजेन्सी) – चेल्सी तथा जर्मन राष्ट्रिय टोलीका डिफेन्डर एन्टोनियो रुडीगरले विश्व फुटबलमा इडेन हजार्डभन्दा उत्कृष्ट लियोनल मेसीबाहेक कोहि नरहेको बताएका छन् ।
सन् २०१२ यता हजार्ड चेल्सीका लागि प्रमुख हतियार रहेपनि रोनाल्डो र मेसीलाई ब्यालोन डी’ओरको रेसमा भेट्न सकेका छैनन् । रोनाल्डोको वर्तमान समयको दावेदारिलाई बेवास्ता गर्दै जर्मनीका रुडीगरले मेसी सर्वाधिक उत्कृष्ट खेलाडी रहेको बताएका हुन् । यस्तै फ्रान्सका एम्बाप्पेलाई कसरी रोक्न सकिन्छ भन्ने प्रश्नमा रुडीगरले भने, ‘एम्बाप्पे अविश्वसनीय गतिमा दौडिन सक्छन् र धेरै बलिया छन् । उनलाई रोक्न छुट्टै रणनीति आवश्यक पर्छ । तर मेरो लागि विश्वका सर्वाधिक उत्कृष्ट खेलाडी मेस्सी हुन् । ‘
उनले चेल्सीको अहिलेको प्रदर्शनबारे थपे, ‘ईमान्दार भएर भन्ने हो भने हामीले हजार्ड र कान्टे विश्वकप पछि टोलीमा ढिला आएपनि राम्रो फुटबल खेलेका छौं । उनीहरु अब राम्रो लयमा छन् र त्यो प्रभावकारी बन्न सक्छ । ‘ रुडीगरले नयाँ प्रशिक्षक सार्रीको बिषयमा बोल्दै भने, ‘मैले इटलीमा रोमाका लागि खेलेको थिएँ । त्यसैले त्यहाँ हुँदा मलाइ प्रशिक्षकको शैली मन परेको थियो । गत सिजन हामी पछाडी परेका थियौं तर यसपटक सार्रीले हामीलाई अगाडी आएर खेल्न बढावा दिएका छन्। सोहि कारणले गर्दा हामीले धेरै मौका समेत सृजना गरेका छौं । ‘
‘सार्री रक्षापंक्तिका खेलाडीहरुले बल आफ्नो भागमा राखेर पास अगी बढाएको मन पराउने प्रशिक्षक हुन् । मैले त्यो कुरा गर्न सक्छु भन्ने प्रमाणित गरेको छु तर अझै धेरै सिक्नु छ ।उनी सजिलैसंग खुशी हुने प्रशिक्षक होइनन्,’ रुडीगरले टुंग्याए ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]