default_image

6 years ago

September 11, 2018

नेसन्स लिग छनोटमा हाइटी १३-० ले विजयी

66 views

0 Bookmark

पोर्ट-अ-प्रिन्स (एजेन्सी) – हाइटीको राष्ट्रिय फुटबल टोलीले कन्काकाफ नेसन्स लिग छनोट अन्तर्गत कीर्तिमानी जित दर्ता गर्ने क्रममा सिन्ट मार्टेनको राष्ट्रिय टोलीलाई १३-० ले पराजित गरेको छ । पहिलो हाफमा ५-० ले अगाडी रहेको हाइटीले दोस्रो हाफमा ८ गोल थपेको थियो ।

हाइटीको राजधानी पोर्ट-अ-प्रिन्सस्थित सिल्भियो कातोर रंगशालामा हाइटीका लागि फरवार्ड डकेन्स नाजोनले ५ गोल गरे । डिफेन्डर अर्केस कार्लेन्सले ११ औं मिनेटमा पहिलो गोल गर्दै सुरु भएको गोल वर्षा अन्तिम मिनेटसम्म चालेको थियो । हाइटीका लागि फ्रान्जी पेरटले दुई गोल थप्दा सोनी मुस्तीभार, हेरोल्ड चार्ल्स, जेफ लुइस र डेरीक एटिएनले १-१ गोल गरे । अर्को एक गोल भने डिआरो फोर्सिथले आत्मघाती गोल गरेका थिए ।

कन्काकाफ नेसन्स लिग छनोटमा ३४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ पटमा विभाजन गरेर ४ चरणको खेल तालिका सार्वजनिक गरिएको छ । हाइटीले पहिलो चरणको खेलमा सहज जित निकालेको हो । अर्को खेलमाक्युबाले पनि टर्क्स आइल्यान्डलाई ११-० ले पराजित गर्दै सुखद सुरुआत गर्यो । क्यानाडाले यूएस भर्जिन आइल्यान्डलाई ८-० ले हराउँदा फ्रेन्च गुयानाले एन्गिलालाई ५-० ले पन्छायो । डोमिनिकन रिपब्लिकले पनि बोनाएरलाई ५-० ले नै पराजित गर्यो ।

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.