6 years ago
September 11, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले छिट्टै मैदान फर्कने बताएका छन् । गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जिताएपछि जिदानले विश्राम लिने घोषणा गरेका थिए ।
स्पेनिस टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्ने क्रममा उनले आफू छिट्टै खेलमा फर्कने योजना रहेको खुलासा गरेका हुन् । ‘पक्कैपनि । म छिट्टै प्रशिक्षणका लागि मैदानमा फर्कंदै छु । मैले जिन्दगीभर गरेको यहि काम हो र म भित्रैदेखि यसमा खुसी छु,’ जिदानले भने । फ्रान्सका पूर्व कप्तान समेत रहेका जिदानले रियल छाडेपछि केहीबेर विश्राम लिएर मात्र अन्यत्र सम्भावना बारे सोच्ने बताउँदै आएका थिए ।
पछिल्लो केहि समययता भने जिदानलाई म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होको विकल्पको रुपमा हेरिएको छ । उनले गत महिना आफ्ना नजिकका साथीलाई मोउरिन्होले क्लब छाडेको अवस्थामा उनलाई क्लब हेर्ने प्रस्ताव आउन सक्ने बताएका थिए । जारी सिजन खराब सुरुआत गरेका मोउरिन्हो दबाबमा छन् । उनको क्लबसँग पनि त्यति राम्रो सम्बन्ध रहन सकेको छैन । युनाइटेडले हालसम्मकै खराब सुरुआत गर्ने क्रममा पहिलो ४ मध्ये २ खेलमा मात्र जित दर्ता गर्न सकेको छ ।
गतसाता मिरर नामक पत्रिकाले जारी गरेको रिपोर्ट अनुसार जिदानले ओल्ड ट्राफर्ड आउनका लागि आफूलाई चाहिने खेलाडी पनि खोज्न थालिसकेका छन् । जिदानको लिस्टमा टोनी क्रुस, थियागो अलकान्ट्रा, हामेस रोड्रीग्वेज र एडिन्सन कभानी रहेका छन् । उनले यस सिजनमा नभए अर्को सिजनको सुरुआतमा म्यानचेस्टर क्लब हेर्ने प्रबल सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]