6 years ago
September 9, 2018
एजेन्सी – लिभरपुल तथा इजिप्टका स्टार खेलाडी मोहमद सलाहले अफ्रिका कप अफ नेसन्सको छनोट चरणअन्तर्गत शनिबार नाइजरविरुद्धको खेलमा रोमाञ्चक प्रदर्शन गरेका छन् । उनले खेलमा दुई गोल र दुई असिस्ट मात्र दिएनन्, दुई पटक पेनाल्टीमा गोल गर्न पनि चुके ।
सलाहकै प्रदर्शनमा इजिप्टले नाइजरमाथि ६–० ले जित दर्ता गर्यो । सलाहले खेलको पहिलो मिनेटमा पहिलो पेनाल्टी पाएका थिए । तर, उनको त्यो पेनाल्टी नाइजरका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । इजिप्टले खेलको १३ औं मिनेटमा मारवान मोहसेनको गोल मार्फत अग्रता लिएको थियो । सात मिनेट पछि सलाहको पासमा अब्दल अशरफको गोलमा अग्रता दोब्बर भयो । २९ औं मिनेटमा सलाह स्वयंले गोल गरे ।
सलाहले ३० मिनेट समय बितेपछि पुन: पेनाल्टीको मौका पाए । तर, फेरिपनि पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुके । उनको दोस्रो पेनाल्टी पनि नाइजरका गोलरक्षकले बचाए । यतिबेला सम्म इजिप्टले ३–० को अग्रता बनाइसकेको थियो । इजिप्टको चौथो गोलका लागि सलाहले खेलको ७३ औं मिनेटमा सलाह मोहसेनलाई असिस्ट गरेका थिए । यो मोहमद सलाहको उक्त खेलमा दोस्रो असिस्ट थियो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै इजिप्टलाई ५–० को फराकिलो अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा मोहमद एल्नेनीलले गोल गर्दै नाइजरविरुद्ध ६–० को फराकिलो जित निकाले । यस जितसँगै इजिप्टको राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक मारियो अगुइरेले सानदार सुरुआत गरेका छन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]
March 2, 2025
हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]