default_image

6 years ago

September 9, 2018

नेपालसँग फाइनल खेल्न चाहान्छौंः भारतीय प्रशिक्षक कन्सटाइन

69 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – भारतीय टिमका मुख्य प्रशिक्षक स्टेफेन कन्सटाइनले नेपालसँग फाइनल खेल खेल्ने इच्छा रहेको बताएका छन् । आइतबार माल्दिभ्समाथि २–० को जित निकालेपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टोलीका पूर्व प्रशिक्षक स्टेफेनले फाइनल नेपालसँग खेल्न चाहेको बताएका हुन् ।

उनले नेपालमा बिताएका सबै पल आफुलाई याद रहेको उल्लेख गर्दै बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टोलीले राम्रो फुटबल खेलेको बताए । कन्सटाइन महर्जनका पनि प्रशिक्षक हुन् । कन्सटाइनको प्रशिक्षणमा नेपालले काठमाडौंमा सन् १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद अन्र्तगत फुटबलको फाइनल खेलेको थियो । यो टोलीमा महर्जन पनि खेलाडी थिए । उनले माल्दिभ्सविरुद्धको आजको खेल सहज नभएको बताएका छन् ।

समूह चरणको दुवै खेल जित्दै भारत समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यो समूहमा समान अंक र गोलअन्तर भएपछि गोलाप्रथामा माल्दिभ्स सेमिफाइनल पुगेको छ । बुधबार नेपाल र माल्दिभ्स तथा भारत र पाकिस्तानबीच सेमिफाइनल खेल हुनेछ । नेपालको खेल नेपाली समयअनुसार ३:४५ बजे हुनेछ ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.