6 years ago
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साविकको विजेता भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलमा प्रवेश गरेको छ । समूह ‘बी’ को विजेता बन्ने क्रममा भारतले आइतबार माल्दिभ्समाथि २–० को सहज जित निकाल्यो ।
समूहमा भारत अपराजित रह्यो । भारतले यसअघि श्रीलंकालाई २–० ले नै पराजित गरेको थियो । भारतले अब फाइनल प्रवेशको लागि पाकिस्तानसँग खेल्नेछ । भारतको जितमा निखिल चन्द्रशेखर र मनभीर सिंहले गोल गरे ।
ढाकास्थित बंगबन्धु रंगशालामा भैरेहको खेलमा भारतले खेलको ३६औं मिनेटमा निखल चन्द्रशेखरको गोलबाट अग्रता बनाएको थियो । ४४औं मिनेटमा मनभीर सिंहले गोल गरेपछि भारतले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा भारत २–० ले विजयी हुन सफल भएको थियो ।
समुह उपविजेता भने गोलाप्रथाको आधारमा आधारमा हुनेछ । माल्दिभ्स र श्रीलंकाले भारतसँग समान २–० को हार बेहोरेपछि र समान अंक भएपछि आयोजक साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले गोलाप्रथाको आधारमा टिम छनोट गरिने बताएको छ । गोलाप्रथामा विजयी हुने टोलीले सेमिफाइनलमा नेपाल प्रतिद्धन्द्धी पाउनेछ ।
सेमिफाइनल खेल १२ सेप्टेम्वरमा हुनेछ ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]