6 years ago
September 9, 2018
ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुगेको नेपाली फुटबल टोलीले आज प्रशिक्षण नगर्ने भएको छ । बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेलमा शनिबार अन्तिम रोजाइमा नपरेका खेलाडीले केहि समय जिममा बिताए । पहिलो रोजाईका खेलाडीले रिकभरी सेसनका रुपमा स्विमिङ पुलमा समय बिताएका छन् ।
पाकिस्तानसँग २–१ को हारसँगै साफ च्याम्पियनसिपको यात्रा गरेको नेपाली टोलीले ५ दिनको बीचमा ३ खेल खेलिसकेको छ । पछिल्ला दुई खेलमा आफु अनुकुल नतिजा निकाल्दै नेपाल अन्तिम चारमा पुगेको थियो । नेपालले भुटानलाई ४–० र बंगलादेशलाईृ २–० ले हराएको थियो । भुटानलार्ई नेपाल, पाकिस्तान र बंगलादेश सबैले हारएपछि र बाँकी तीन टोलीको समान अंक भएपछि गोलअन्तरका आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको थियो ।
जसमा भुटानसँगका कुनै पनि टोलीको नतिजा गणना नगर्दा समान ३ अंक भएका तीन गोलमा गोलअन्तरका आधारमा नेपाल समूह विजेता नेपाल समूह विजेता र पाकिस्तान उपविजेता बनेका छन् । समूह एमा तीन टोली रहेका छन् । आज भारत र माल्दिभ्सको खेलपछि सेमिफाइनल समिकरण पुग्नेछ ।
भारतले एक खेल जितेको छ भने माल्दिभ्स र श्रीलंकाले समान १ अंक जोडेका छन् । नेपालले समूह एको उपविजेतासँग र पाकिस्तानले अर्को समूहको विजेतासँग बुधबार सेमिफाइनल खेल्नेछन् । अहिले सम्म साफ च्याम्पियनसिप नजितेको नेपाली टोली चौथो पटक सेमिफाइनल पुगेको हो ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]