6 years ago
September 9, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा आयोजकलाई २-० ले पराजित गर्दै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो। साफ च्याम्पियनसिपमा नेपाली टोलीले पर्याप्त तयारी र श्रोतविना पनि राम्रो प्रदर्शन गरेको क्रिकेटर वसन्त रेग्मीले बताए।
खेलपछि हाम्रो खेलकुदसँग वसन्तले भने, “मैले नेपाली टोलीको खेल हेरे, नतिजा सकारात्मक आयो। खेलाडीहरुले निकै मेहेनत गरेको देखियो । नेपालमा हामी खेलाडीहरुले आफ्नोतर्फबाट शत प्रतिशत दिन्छौ, बंगलादेशविरुद्ध पनि यस्तै देखियो । “, वसन्तले थपे, “तर हामी खेलाडीहरुले चाहेजस्तै श्रोतमा प्रशिक्षण गर्नभने पाएका छैनौं। चाहे त्यो क्रिकेट होस्, फुटबल होस वा जुनै खेल होस, हामीलाई विशेष प्रशिक्षण र श्रोतको कमि छ। “
नेपाली खेलकुदमा खेलाडीले अझै राम्रो गर्नसक्ने वसन्तले बताए, “फुटबलमै हेर्ने हो भने केहि समयदेखि लिग भएको छैन। क्रिकेटमा पनि आन्तरिक समस्या छन्। नेपाली खेलाडीले स्वतन्त्र वातावरणमा पर्याप्त श्रोतका साथ् प्रशिक्षण गर्नसके अझ धेरै अगाडी बढ्ने क्षमता बोकेका छौं। “
त्यस्तै वसन्तले फुटबल टोलीलाई सेमिफाइनल र फाइनलकालागि टोलीलाई शुभकामनापनि दिए, “खेलाडीको मुख्य लक्ष्य भनेकै देशका लागि ट्रफी जित्नुहो, सबै खेलाडीहरुलाई मेरो शुभकामना छ “, उनले भने।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]