6 years ago
September 8, 2018
दीपेन्द्र पोखरेल
टेक्सास, अमेरिका – साफ च्याम्पियनसिपअन्तर्गत शनिबार विमल घर्तिमगरले बंगलादेशविरुद्ध गोल गर्दै नेपाललाई २-० को जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले । उनकै गोलमा नेपालले जित्नैपर्ने खेलमा अग्रता लिएको थियो ।
यसअघि समूह चरणकै पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि विमलले गोल गरेका थिए । २० वर्षीय फरवार्डले राष्ट्रिय टोलीका लागि हालसम्म ८ गोल गरिसकेका छन् । सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका विमलले त्यसपछि गोल गर्न भने दुई वर्ष कुर्नुपर्यो । पछिल्लो तीन खेलमा दुई गोल गर्दै उनले फेरी उत्कृष्ट लयमा रहेको संकेत दिएका छन् । उनले साफ च्याम्पियनसिपमा मात्र ४ गोल गरिसकेका छन् ।
राष्ट्रिय टोलीका लागि विमलको हालसम्म गरेका आठ गोल :
पहिलो गोल :
पाकिस्तानविरुद्ध (३ सेप्टेम्बर २०१३) – दशरथ रंगशाला, काठमाडौं, नेपाल
साफ च्याम्पियनसिपको समूह चरण खेल
दोस्रो गोल:
भारतविरुद्ध ( २७ डिसेम्बर २०१५) – त्रिवेन्द्र्म रंगशाला, केराला, भारत
साफ च्याम्पियनसिपको समूह चरण खेल
तेस्रो गोल:
श्रीलंकाविरुद्ध ( १३ जनवरी २०१६) – बंगबन्धु रंगशाला, ढाका, बंगलादेश
बंगबंधु गोल्डकपको समूह चरण
चौथो गोल :
ब्रुनाईविरुद्ध ( ८ नोभेम्बर २०१६) – सारावाक रंगशाला, कुचीङ, मलेसिया
सोलिडारिटी कप समूह चरण
पाँचौ गोल:
लाओसविरुद्ध ( १२ नोभेम्बर २०१६) – सारावाक रंगशाला, कुचीङ, मलेसिया
सोलिडारिटी कप सेमिफाइनल
छैटौं गोल:
ताजिकिस्तानविरुद्ध (५ सेप्टेम्बर २०१७) – एन्फा कम्प्लेक्स, सातदोबाटो, नेपाल
एसियन कप छनोट
सातौं गोल:
पाकिस्तानविरुद्ध गोल गरेपछि विमल घर्तीमगर । तस्वीरः विवेक सुवेदी/हाम्रो खेलकुद
पाकिस्तानविरुद्ध (४ सेप्टेम्बर २०१८) – बंगबन्धु रंगशाला, ढाका, बंगलादेश
साफ च्याम्पियनसिप समूह चरण
आठौँ गोल :
बंगलादेशविरुद्ध (८ सेप्टेम्बर २०१८) – बंगबन्धु रंगशाला, ढाका, बंगलादेश
साफ च्याम्पियनसिप समूह चरण
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]