6 years ago
September 11, 2018
एजेन्सी – फुटबलमा गोलरक्षक हुनु सायद सबैभन्दा गाह्रो काम हो । खेलभरि जति नै बचाउ गरेपनि एक गल्ति मात्र गरेमा सबैले आफ्नो राम्रो काम भुल्ने गर्दछन् । गोलरक्षकहरुले आफुले पाउनु पर्ने भन्दा थोरै मात्र जस पाउने गरेको उदाहरण नै छ । फुटबल मैदानमा गरिने यो कठिन कार्यका लागि अत्यन्तै धेरै मेहेनत र एकाग्रताको आवश्यकता रहन्छ ।
यी हुन् वर्तमान अवस्थामा विश्व फुटबलका ५ उत्कृष्ट गोलरक्षक :
५) एडरसन (म्यानचेस्टर सिटी)
वर्तमान विश्व फुटबलमा रुचाइने गोलरक्षक मध्येका एक हुन् एडरसन । गोलरक्षक भएपनि उनीसँग मध्यक्रमको खेलाडीमा चाहिने पासिङ क्षमता रहेको छ जुन म्यानचेस्टर सिटि र ग्वार्डिओला चाहन्छन्। बल पास गर्ने क्षमतासँगै विपक्षिको सट बचाउन गर्न समेत एडरसन पोख्त छन् । मात्र २५ वर्षीय एडरसन उमेरसंगै अझ बलियो गोलरक्षक हुनेमा शंका छैन ।
४) थिबाउ कोर्टुआ (रियल म्याड्रिड)
पछिल्लो समय अत्याधिक धेरै चर्चामा आएका गोलरक्षक हुन् कोर्टुआ । सुरुवातमा रुसमा सम्पन्न विश्वकप फुटबलमा गोल्डेन ग्लोभ्स प्राप्त गर्दा उनको चर्चा सर्वत्र भयो । त्यसको केहि सातापछि नै उनी क्लब चेल्सी छाडेर ३५ मिलियन युरोमा रियल म्याड्रिड पुगे । त्यसयता भएका पत्रकार सम्मेलनमा उनी लगातार चेल्सीको आलोचना गर्दै आएका छन् । यी सबै कुराका बाबजुत उनको गोलरक्षण क्षमतामा कसैले प्रश्न उठाउन सकेका छैनन् । आफ्नो हाफमा आएको बललाई नियन्त्रणमा लिन उनि पोख्त छन् । विश्व फुटबलमा वर्तमानको समयमा विपक्षिको क्रसलाई आफ्नो नियन्त्रणमा लिने अद्भुत खुबी भएका उनी कमै मध्येका एक गोलरक्षक हुन्।
३) मार्क आन्देर टर स्टेगेन (बार्सिलोना)
मानुएल नोयर जर्मनीका लागि सर्वाधिक सफल गोलरक्षकको रुपमा धेरैले मानेपनि स्टेगेनले उनलाई दह्रो चुनौती दिएका छन् । क्लाउडियो ब्राभोले क्लब छाडेपछि बार्सिलोना भित्रिएका उनले त्यसयता आफ्नो खेलमा धेरै सुधार ल्याएका छन् । सानै उमेरबाट आफ्नो खेल कौशलका कारण उनी अहिले युरोपकै उत्कृस्ट गोलरक्षक मध्येका एक मानिन्छन् । विश्वकै उत्कृष्ट स्वीपर किपर मध्ये एकमा स्टेगेनलाई लिने गरिन्छ ।
२) यान ओब्लाक (एटलेटिको म्याड्रिड)
वर्तमान विश्व फुटबलमा नाम चलेका अर्का गोलरक्षक हुन् यान ओब्लाक । विश्व फुटबलको उत्कृस्ट ब्याकलाइनमा ओब्लाकको नाम निश्चयनै आउने गर्दछ । आफ्नो करियरमा धेरै उपाधि जित्न नसकेपनि मात्र २५ बर्षीय ओब्लाकले आउने दिनमा ठूलो उचाई हासिल गर्न सक्छन । ओब्लाकमा रहेको गोलरक्षकको क्षमता देखेर नै एटलेटिकोले बेन्फिकालाई सन् २०१४ मा १५ मिलियन युरो चुकाएको थियो ।
१) डेभिड डे हेया (म्यानचेस्टर युनाईटेड)
अहिलेको समयमा सर्वाधिक रुचाइएका गोलरक्षक डेभिड डे हेयाको विषयमा धेरै चर्चा गर्नु आवश्यक छैन । सन् २०११ यता युनाईटेडको टोलीमा रहेका उनले आफ्नो स्थान युनाइटेडको सर्वकालिन अन्तिम ११ मा बनाउने हैसियत बनाइसकेका छन् । स्पेनबाट राष्ट्रिय टोलीमा रहँदा उनले विश्वकप फुटबलमा समस्या खेपेपनि प्रिमियर लिग र क्लब फुटबलमा उनी सर्वाधिक सफल गोलरक्षक हुन् ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]