6 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका – नेपाली टोलीका फरवार्ड विमल घर्तिमगरले साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारत भन्दा माल्दिभ्ससँग खेल्ने चाहना राखेका छन् ।
जित्नै पर्ने बंगलादेशविरुद्धको समूह चरणको खेलमा नेपाली टोली २–० ले जितेपछि विमलले भने, ‘म व्यक्तिगत रुपमा सेमिफाइनलमा माल्दिभ्स आओस् भन्ने चाहन्छु । फाइनलमा भारतलाई हराउने चाहना छ । मलाइ मात्र होइन हरेक समर्थक भारतलाई हराएको हेर्न चाहन्छन् ।’
उनले लामो समय गोल नहुँदा व्यक्तिगत दबाब हुने भएको स्वीकार्दै टोली जित्नु महत्वपूर्ण हुने बताएका छन् । ‘टिमले राम्रो गरेको छ । बलियो भएको छ । सबैले एकअर्कालाई साथ दिएका छौं । समर्थकले पनि हामीलार्ई साथ देखिएका छन्’ , उनले भने, ‘टिमवर्कका लागि खेल्ने हो । जसले गोल गरेपछि टिम जित्नुपर्दछ । मेरो खेलमा पनि सुधार भएको छ ।’
नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमानीमा विमलले आफ्नो ध्यान नदिएको बताएका छन् । ‘ व्यक्तिगत उपलब्धीमा मैले खासै वास्ता गर्ने गरेको छैन । टिम जित्नुपर्छ । मेरो लागि त्यो भए पुग्छ, ‘ बंगलादेशविरुद्ध पहिलो गोल गरेका विमल घर्तिमगरले भने, ‘टोलीका सबै खेलाडी र समर्थकले यसपटक च्याम्पियन बनेर फर्कन्छौं भन्नेमा आशावादी छौं । हामी त्यसलाई लक्ष्य बनाएर अघि बढिरहेका छौं । ‘
सेमिफाइनल पुग्न जितबाहेकको विकल्प नरहेको शनिबारको खेलमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । अर्को गोल नवयुग श्रेष्ठले गरेका थिए । पहिलो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि नेपाल थप दबाबमा परेको थियो । त्यहि दबाबबाट टोलीलाई बाहिर निकाल्ने क्रममा विमलले झन्डै ३५ यार्डबाट फ्रिकिक गोल गर्दै नेपालको अघिल्लो चरणको आशा जगाएका थिए । सुनिल बललाई फाउल गरेपछि प्राप्त फ्रिकिकमा विमलले गोल गरेका थिए । उनको प्रहार रोक्न बंगलादेशका गोलकिपर असफल रहे । हातमा आइसकेको बल उनले फुत्काएपछि टाउको बल नाघेर गोलमा परिणत भएको थियो ।
विमलले आफू बिस्तारै खेलमा फर्कनेमा सन्तुष्टी पनि व्यक्त गरे । ‘आफ्नो गोल ननिस्कदा दबाब त हुन्छ’, उनले भने, ‘तर आफुले गोल गर्न नसक्दा पनि टोलीलाई जित दिलाउने हाम्रो प्रयास हुन्छ । अहिले पुरै टोली प्रतिबद्ध छ ।’ समूह चरणको पहिलो खेलमा विमलले गोल गरेपनि नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएका थियो ।
नेपाली टोलीका लागि विमलको गोल संख्या आठ पुगेको छ । अहिले टोलीमा रहेका मध्ये भरत खवासको १० गोल पुगेको छ । भुटानविरुद्धको जितमा भरतले १ गोल गरेका थिए । नेपालका लागि सर्वाधिक गोल गर्नेमा हरि खड्का र नीराजन रायमाझी छन् । उनीहरुको नाममा १३ गोल छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]