6 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका- बंगालदेशमा जारी साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ बाट नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा बंगलादेशलाई २-० ले पराजित गर्दै नेपाल समूह विजेता बन्न सफल भएको हो ।
समूहमा रहेक तीन टोलीको ६ अंक रहेपछि हेड टु हेड लिग टेबलको आधारमा समूह विजेता र उपविजेता छिनोफानो भएको हो । नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तान र बंगलादेशको पनि समान ६-६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो । नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो ।
तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडी भएपछि समूह विजेता बन्दै नेपाल अगाडी बढेको हो । तीन टोलीको खेलमा सबै टोलीले १-१ जित दर्ता गरे । यसक्रममा नेपालले ३ गोल गर्दै २ गोल खाएको थियो भने समूह उपविजेता बनेको पाकिस्तानले २ गोल गर्दै २ गोल नै खायो । समूह चरणमा यात्रा टुंगिएको बंगलादेशले भने १ गोल गर्दै २ गोल खाएको थियो । भुटान भने कुनै अंक नजोडी समूहको पुछारमा रहेर घर फर्कियो ।
नेपालले समूहको अन्तिम खेलमा बंगलादेशलाई २-० ले पराजित गर्दा नेपालको लागि विमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे । जितको विकल्प नभएको अवस्थामा नेपालले निकै राम्रो प्रदर्शन गर्दै घरेलु टोलीलाई जितको कुनै मौका दिएन । नेपालले दुवै हाफमा १-१ गोल गर्दै पुरै समय खेल आफ्नो पकडमा राखेको थियो । नेपालले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेताको सामना गर्नेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]