6 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका – आवश्यकता अनुसारको जित निकाल्दै नेपाली फुटबल टोली साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।
सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए । सार्कसहित नेपालको यो १२ औं सस्करण हो ।
विमल घर्तिमगरले पहिलो हाफमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । उनले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा २–१ ले हर्दा गोल गरेका थिए । विमलको यो नेपाली टोलीका लागि आठौं गोल हो । सुनील बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो ।
दोस्रो हाफको ८० औं मिनेटमा विमलले फेरी बल पोस्टभित्र छिराएपनि लाइन्सम्यानले झन्डा उठाएपछि रेफ्रीले उक्त गोल अफसाइड घोषित गरे । नेपालले खेलको अन्तिम समयमा अग्रता दोब्बर पारेको थियो । विशाल राईको थ्रु पासमा नवयुग श्रेष्ठले नेपालको लागि दोस्रो गोल गर्दै जित पक्का गरे ।
विमलको प्रहारबाट हातमा आइसकेको बल घरेलु टोलीका गोलकिपर मोहम्मद साहिदुल आलमले फुत्याएपछि गोल भएको थियो । सागरले सन् २०११ मा साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा पनि उनी मोहम्मदले पोष्ट सम्हालेका थिए ।
यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तान र बंगलादेशको पनि समान ६-६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो । नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो । तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडी भएपछि समूह विजेता बन्दै नेपाल अगाडी बढेको हो ।
नेपाली टोली– गोलकिपर– किरण चेम्जोङ, आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ, रोहित चन्द, नीराजन खड्का (अन्जन विष्ट ६२) , सुनिल बल, सुजल श्रेष्ठ, विमल घर्तिगमर (विशाल राई ८२), भरत खवास, कप्तान (नवयुग श्रेष्ठ ६७)
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]