6 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका – विमल घर्तिमगरले शनिबार साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा शनिबार बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा धेरैले पूर्व कप्तान सागर थापाको गोललाई स्मरण गरेका छन् ।
सागर थापाकै शैलीकै गोलमा विमलले ३३ औं मिनेटमा साफ सुजुकी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गोल गर्दै नेपाली टोलीलाई अग्रता दिलाएका थिए । सुनिल बललाई वाले फैजलले फाउल गरेपछि नेपालले फ्रिकिक पाएको थियो । सन् २०११ मा सागरले बंगलादेशविरुद्ध नै ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालको सेमिफाइनल यात्रा बलियो बनाएका थिए । त्यत्ति बेला सागरको गोललाइ अहिले पनि स्मरण गरिन्छ ।
संयोग नै मान्नुपर्दछ सागरले गोल गरेकी गोलकिपर मोहम्मद साहिदुल अलामले नै शनिबारको खेलमा पनि बंगलादेशको पोष्ट सम्हालेका छन् । त्यति बेला सागरको गोलमा उमोहम्मदले कुनै मौका पाएका थिएनन् भने यसपटक विमलको प्रहारबाटमा हातमा आएको बल उनले रोक्न सकेनन् । उनको टाउको माथि नाघेर गोल भएको थियो । सागर यति बेला भने नेपाली फुटबलबाट गुमनाम भइसकेका छन् । अन्य चार खेलाडीसँगै म्याच फिक्सिङको अभियोगमा उनीहरुलाई एएफसीले फुटबलबाट आजीवन प्रतिबन्ध गरेको छ ।
सन् २०११ को साफ च्याम्पियनसिपमा नेपाल समूह चरणमा अपराजित रहेको थियो । पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीपछि नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । त्यस्तै अन्तिम खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेल्दै समूहको उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।
यसपटक भने नेपालको यात्रा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको थियो । पाकिस्तानसँग २–१ को हार बेहोरेको नेपालले अर्को खेलमा भुटानलाई ४–० ले हराएको थियो । सेमिफाइनल पुग्नका लागि आजको खेलमा नेपाललाई जित बाहेकको विकल्प छैन । यस्तोमा नेपालले अग्रता जोगाउन सके सन् २०१३ को साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्नेछ ।
नेपाल सन् १९९९, २०११ र २०१३ बाहेकमा सेमिफाइनल पुग्न सकेको छैन । नेपालले यो खेल जितेमा नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक हुनेछ । यद्दपी पुछारमा रहेको भुटानको खेलको नतिजा र गोल गणना हुने छैन । त्यस्तोमा समान अंक भएका ३ टोलीको गोलअन्तरलाईृ आधारमा मानिनेछ । आजको खेलमा १–० कै अन्तरमा नेपाल जितेमा बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने नेपाल र पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । बराबरी भएमा पाकिस्तान र बंगलादेश अघि बढ्दा नेपाल बाहिरिनेछ ।
सागरको गोलको भिडियो :
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]