default_image

6 years ago

September 8, 2018

साफ सुजुकी कप- भरतले नेपाली टोलीको कप्तानी गर्ने

65 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तगर्त बंगलादेशविरुद्धको अन्तिम खेलमा भरत खवासले नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । यसअघि भुटानसँगको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गरेका थिए ।

त्यो खेलमा नियमित कप्तान विराज महर्जन र भरत पहिलो रोजाइमा नपरेपछि किरणले कप्तानीको मौका पाएका थिए । भरत र मिडफिल्डर नीराजन खड्काले बंगलादेशविरुद्धको खेलमा पहिलो रोजाईमा परेका छन् । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा जारी साफ सुजुकी कपमा भरतले दोस्रो र नीराजनले पहिलो पटक पहिलो रोजाइमा खेल्ने अवसर पाएका हुन् ।

भुटानविरुद्धको खेलमा पहिलो राजाईमा रहेका अन्जन विष्ट र विशाल राईको ठाँउमा प्रशिक्षक बालगोपाल महर्जनले भरत र नीराजनलाई मौका दिएका छन् । पाकिस्तानविरुद्ध पहिलो रोजाईमा परेका भारतले त्यो खेलमा खासै प्रभाव पार्न सकेका थिएन ।

यपद्दी भुटानलाई दोस्रो खेलमा ४–० ले हराउँदै परिवर्तित खेलाडीका रुपमा प्रवेश गर्दै भरतले गोल समेत गरेका थिए । त्यो उनको राष्ट्रिय टोलीका लागि १० औं गोल थियो । भरत, नीराजन र नियमित कप्तान विराज तीनै जनाले सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । भरतको यो नेपालका लागि ४५ औं अन्तर्राष्ट्रिय खेल हो ।

नेपाली टोली
गोलकिपर– किरण चेम्जोङ
रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड- रोहित चन्द, नीराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तिगमर,भरत खवास (कप्तान)

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.