default_image

6 years ago

September 8, 2018

बार्सा र जिरोनाबीचको खेल अमेरिकामा हुने सम्भावना

131 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) –स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना र जिरोनाबीचको खेल अमेरिकामा हुने सम्भावना बढेको छ । यसअघि स्पेनिस ला लिगाका खेलहरु अमेरिकामा हुने ९० प्रतिशत सम्भावना रहेकको ला लिगाका प्रमुख जेभियर टेबासले बताएका थिए ।

जनवरीमा बार्सिलोना र जिरोनाबीच जिरोनाको घरेलु मैदानमा हुने खेल अमेरिकामा खेलाइने जेभियरले एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै भनेका हुन् । उत्तरी अमेरिकामा हुने ला लिगा खेलबाट २ सय मिलियन युरो कामाई हुने समेत उनले बताएका छन् ।

जेभियरले भने, ‘जिरोनाको प्रमुख सेयरदातासँग म्यानचेस्टर सिटीले पछिल्लो महिना अमेरिकी मनोरञ्जन कम्पनी रिलेभेन्टसँग हस्ताक्षर गरेको थियो ।’ हस्ताक्षरमा दुई पक्षबीच १५ वर्षको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अमेरिकामा खेल्न क्याटलान पक्षलाई प्रोत्साहन गरिरहेको पनि खुलेको छ । जबकी कुनै पनि टोलीका स्पेनी खेलाडी अमेरिकामा खेल्न मानिरहेका छैनन् ।

‘जिरोना र बार्सिलोनाबीचको खेल संयुक्त राज्य अमेरिकामा हुने ९० प्रतिशत सम्भावना छ ।’ ला लिगा प्रमुख जेभियरले भने, ‘तर सम्झौता एक खेलका लागि मात्र हैन । यो एक ठूलो प्रक्रिया हो ।’ उनले थपे, ‘हामीले एक बोली प्रक्रिया आयोजित गर्यौं र विभिन्न कम्पनिलाई समावेश गरेका थियौ । अमेरिकामा एक खेल खेल्न टिमका लागि कुनै समस्या छैन् । यो एक खेल भन्दा पनि रणनितिक र प्रायोजनका लागि धेरै महत्वपुर्ण छ ।’

जेभियरका अनुसार जिरोना र बार्साबीचको खेल हार्ड रक स्टेडियम फ्लोरिडामा हुने छ । जसको क्षमता ६५ हजार दर्शन अट्ने रहेको छ ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.