6 years ago
September 8, 2018
वाटफर्ड (एजेन्सी) – इंग्ल्यान्ड कप्तान ह्यारी केनले स्पेनविरुद्ध शनिबार हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोल्डेन बुट लगाउने भएका छन् । रुसमा सम्पन्न विश्वकपमा ६ गोल गर्दै उनले सर्वाधिक गोलकर्ता बनेको सम्मानमा नाइकले उनलाई विशेष बुट दिएको हो ।
केनले विश्वकपमा ६ गोल गरेपनि भित्रदेखि खुसी नभएको खुलासा गरे । ‘म त्यसबेला एकदम फिट थिएँ । मैले विश्वकपमा अझै धेरै गोल गर्नुपर्ने थियो । मैले केहि राम्रो गोल गरे तर केहि अवसर मैले गुमाएँ । मैले अझ राम्रो खेल्न सक्थें,’ उनले भने । उनले विश्वकपमा गोल्डेन बुट जित्नु व्यक्तिगत रुपमा भने निकै ठुलो सफलताका रुपमा लिएका छन् ।
केनले विश्वकपपछि समर्थकहरुले टोलीबाट अपेक्षा गर्नु पनि जायज रहेको बताए । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक विश्वकप सेमिफाइनलसम्म पुगेको थियो । ‘ अब टोलीमा केहि थप दबाब छ । यो राम्रो कुरा पनि हो । प्रतियोगितामा दबाब झेल्दै अगाडी बढ्द अझै राम्रो प्रदर्शन गर्न सकिन्छ,’ उनले भने । मैत्रीपूर्ण खेलको अघिल्लो दिन नै रंगशालाको सबै टिकट सकिनु सकारात्मक पक्ष भएको केनले बताए ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]