6 years ago
September 8, 2018
ग्लास्गो (एएफपी) – रुसमा सम्पन्न विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियमले हाम्पडेनमा भएको खेलमा शुक्रबार घरेलु टोली स्कटल्यान्डलाई ४-० ले पराजित गरेको छ ।
बेल्जियमको जितमा मिसी बासुआइले २ तथा रोमेलु लुकाकु र इडेन हाजार्डले १-१ गोल गरे । रोबर्टो मार्टीनेजको टोलीले स्कटल्यान्डको खराब डिफेन्सको फाइदा उठाउँदै सहज जित दर्ता गर्न सफल रहयो । स्कटल्यान्डले प्रशिक्षक एलेक्स मक्लिसलाई नियुक्त गरेपछि पछिल्लो ५ मध्ये ४ खेलमा हार बेहोरेको छ । बेल्जियमले मैत्रीपूर्ण खेल भएपनि विश्वकप सेमिफाइनलमा फ्रान्सविरुद्ध खेलेका ६ खेलाडीलाई पहिलो रोजाइमा उतारेको थियो ।
रोमेलु लुकाकुले पहिलो हाफमा ४१ औं अन्तर्राष्ट्रिय गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुआतमै हाजार्डले अग्रता दोब्बर पारे । त्यसपछि मिसी बासुआइले ८ मिनेटको अन्तरमा दुई गोल थप्दै सहज जित पक्का गरे । उनले चार्ली मल्ग्रु र रायन ज्याकको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए ।
बेल्जियमले अब यूएईएफए नेसन्स लिग अन्तर्गतको खेलमा आइसल्यान्डको सामना गर्नेछ । स्कटल्यान्डले भने अल्बानियाको चुनौती स्वीकार्नेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]