default_image

6 years ago

September 8, 2018

उरुग्वेको जितमा सुआरेज नायक

79 views

0 Bookmark

हस्टन (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लुइस सुआरेजको दुई गोलको मदतसँगै उरुग्वेले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार मेक्सिकोलाई ४-१ ले पराजित गरेको छ ।


रुसमा सम्पन्न विश्वकपमा विजेता फ्रान्ससँग पराजित भएको उरुग्वेले २१ औं मिनेटमा अग्रता लिएको थियो । जोसे मारिया जिमिनेजको गोलमा अग्रता लिएपनि चार मिनेटपछि मेक्सिकोले खेल बराबरीमा ल्यायो । मेक्सिकोक लागि राउल जिमिनेजले पेनाल्टीमा गोल गरे । तर सुआरेजले ९ मिनेटको अन्तरमा दुई गोल गर्दै नतिजा उरुग्वेको पक्षमा ल्याए ।

खेलको म्यान अफ द म्याच चुनिएका सुआरेजले ३१ औं मिनेटमा अग्रता दिलाए । ४० औं मिनेटमा उनले पेनाल्टीमा चिप गोल गर्दै अग्रता दोब्बर पारेका थिए । उरुग्वेका लागि गास्टोन पिएरोले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै ४-१ को जित पक्का गरे ।

मेक्सिकोलाई अन्त्यतिर खेलमा फर्कने झिनो आशा मिलेको थियो । ७४ औं मिनेटमा राउलले प्रहार गरेको दोस्रो पेनाल्टी उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले बचाए । मेक्सिकोले अब अर्को खेलमा अमेरिकाको सामना गर्नेछ ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.