6 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका-साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तर्गत बंगलादेशविरुद्धको समूह चरणको अन्तिम खेलमा प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलको पहिलो रोजाईमा दुई खेलाडी परिवर्तन गर्ने भएका छन् । लगातार दोस्रो खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।
अघिल्लो खेलमा पहिलो रोजाईमा रहेका अन्जन विष्टको ठाँउमा भरत खवास तथा विशाल राईको ठाँउमा नीराजन खड्कालाई खेलाउने तयारी भइरहेको बुझिएको छ । भरत पाकिस्तानविरुद्धको पहिलो खेलमा पहिलो रोजाईमा थिए भने नीराजन पहिलो र भुटानविरुद्ध दुवै खेलमा परिवर्तित खेलाडी रुपमा प्रवेश गरेका थिए । भरत र नीराजन दुवैले भुटानविरुद्ध गोल गरेका थिए ।
पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएपछि भुटानविरुद्धको खेलमा महर्जनले कप्तान विराज महर्जनसहित फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठलाई आराम दिएका दिए । उनीहरुको ठाँउमा दीनेश राजवंशी, सुनिल बल र विशाल राईलाई पहिलो रोजाइमा राखेका थिए ।
पहिलो पटक पहिलो रोजाइमा पर्दा सुनिलले उच्च प्रदर्शन गर्ने क्रममा ४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरे । टोलीका लागि दोस्रो गोल गरेका उनले अनन्त तामाङ र नीराजन खड्काको हेड गोलमा कर्नर प्रहार गरेका थिए । अर्को गोल भरत खवासले गरेका थिए ।
नेपाल र बंगलादेशको खेल नेपाली समय अनुसार साँझ६ः४५ बजे सुरु हुनेछ । त्यसअघि पाकिस्तान र भुटानबीचको प्रतिस्पर्धा हुनेछ । त्यो नतिजाले पनि नेपालको अघिल्लो चरणाको यात्रामा प्रभाव पार्नेछ ।
नेपाली टोली
गोलकिपर– किरण चेम्जोङ (कप्तान)
रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड- रोहित चन्द, नीराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तिगमर,भरत खवास
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]