6 years ago
September 7, 2018
ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को दोस्रो खेलमा भुटानलाई हराएको नेपाली टोलीलाई शुक्रबार आराम दिइएको छ । यद्दपी टोलीका खेलाडीले स्विमिङ पुल र जिममा समय बिताएका छन् । शनिबार समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशको सामना गर्नुपर्ने भएकाले पनि टोलीलाई आराम दिइएको छ ।
सुरुवाती दुई खेल जित्दै बंगलादेश सेमिफाइनल पुग्ने सबैभन्दा सहज अवस्थामा छ । यद्दपी टोलीको अन्तिम चारको यात्रा तय हुन भने बाँकी छ । २ खेलबाट नेपाल र पाकिस्तानको समान ३ अंक रहँदा भुटानले भने अंकको खाता खोल्न सकेको छैन । यद्दपी, अघिल्लो चरण पुग्ने सम्भावना चार टोलीकै लागि खुला छ । दुवै खेलको नतिजा पछि मात्रै शीर्ष २ टोलीको टुंगो लाग्ने छ ।
नेपालले बुधबार भुटानलाई ४–० ले हराउँदै अन्तिम चार पुग्ने सम्भावनालार्ई जीवित राखेको थियो । अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई १–० ले हराएको थियो । नेपालले पाकिस्तानसँगको पहिलो खेल भने २–१ ले गुमाएको थियो । बंगलादेशले भने भुटानमाथि २–० को जित निकालेको थियो । शनिबार साँझ नेपाल र बंगालदेश खेल्नुअघि पाकिस्तान र भुटानबीचको प्रतिस्पर्धा हुनेछ ।
तस्बिर सौजन्य : एन्फा
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]