6 years ago
September 7, 2018
प्रकाश तिमल्सिना, ढाका
‘आइ लभ हिम ।’
पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित पत्रकार सबै गलल्ल हासेपछि नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले लजाउँदै फेरि भने, ‘आइ लाइक हिम ‘ ।
साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानलाई ४–० ले हराएपछि सुनील बलको बारेमा सोधिएको प्रश्नमा महर्जनको त्यो जवाफले सबैलाई हँसाएको थियो । सुनीललाई लभ वा लाइक गर्नुपर्ने महर्जनसँग पर्याप्त आधार थियो । कारण सुनीलले भुटानविरुद्ध गरेको त्यो शसक्त र छरितो प्रदर्शन ।
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
हुन त नेपालका लागि भुटान कठिन प्रतिद्घन्द्धि होइन । तर, पनि पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएपछि नेपालका लागि भुटानसँगको खेल गर वा मरको अवस्थामा थियो । त्यो खेल नजित्नुको अर्थ हुन्थ्यो, साफ च्याम्पियनसिपको यात्रा फेरि एकपटक समूह चरणबाट टुंगिने खतरा हुन्थ्यो । अन्तिम खेल सम्म पनि सम्भावना जीवित राख्न भुटानलाई हराउनै पर्ने थियो । भयो पनि त्यस्तै नेपालले चाहे जस्तै नतिजा निकाल्यो । त्यसमा नेपाली टोलीले समूहगत प्रदर्शन गर्यो । त्यसको मुख्य आकर्षण भने सुनील नै रहे । ४ मध्ये ३ गोलमा उनको भुमिका रह्यो । जसमा १ गोल आफै गरे ।
मैदानमा पनि उनी छाइरहे, भुटानी रक्षापंक्तिलाई हल्लाइरहे । पहिलो हाफमै उनले आफ्नो क्षेत्रबाट विपक्षीको पेनाल्टी क्षेत्र अगाडिसम्म बल बढाउँदा नै धेरैको ध्यान आफु तिर तानिसकेका थिए । २१ औं मिनेटमा अनन्त तामाङ र ८८ औं मिनेटमा नीराजन खड्का दुवैले सुनीलकै कर्नरमा हेड गरेका थिए । ७१ औं मिनेटमा विमल घर्तिमगरको पेनाल्टीलाई भुटानका गोलकिपरले रोकेपछि त्यहि रिबाउन्डमा उनले कुनै गल्ति गरेनन् ।
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
राष्ट्रिय टोलीका लागि उनी पहिलो गोल गर्न सफल भए । सुनीलले पहिलो रोजाईमा खेलेको त्यो पहिलो खेल थियो । यसअघि खेलमा उनी परिवर्तित खेलाडीका रुपमा मात्र मैदान प्रवेश गरेका थिए । सुनील पनि विमल, अन्जन र अनन्तकै ब्याचका खेलाडी हुन् । २०७२ भदौंमा नेपालले साफ यू १९ च्याम्पियनसिप जित्दा सुनील पनि टोलीका मुख्य खेलाडी थिए । तर, राष्ट्रिय टोली सम्म पुग्न भने उनलाई समय लाग्यो । जसरी सोही व्याचका अनन्त, अन्जन विष्ट र हेमन्त थापा मगरले साफ जिते लगत्तै राष्ट्रिय टोलीमा मौका पाए । तर, सुनीलले केहि समय कुर्नुपर्यो । विमलले भने सन् २०१४ मै सिनियर टोलीमा अवसर पाइसकेका थिए ।
भुटानविरुद्धका सशक्त प्रदर्शन गर्ने सुनील आफैलाई भने खेलको केहि अघि मात्र पहिलो रोजाईमा खेल्दैछु भने थाहा पाएका थिए । खेल पछि उनले भने, ‘टिम मिटिङ म आजै खेल्दैछु भन्ने सरबाट थाहा पाए । सरप्राइज भए । अनि लाग्यो आज जति सक्दो राम्रो खेल्नुपर्छ । त्यहि कोसिस गरे, ‘ उनले थपे, ‘टोलीका सिनियर खेलाडीबाट पनि त्यतिकै साथ पाएको सुनीलले सुनाए । सिनियर दाईहरुले राम्रो गर भनेर हौसला बढाइरहनुहुन्छ ।’
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
रुस्लान थ्री स्टार क्लबका २० वर्षे सुनीलले सन् २०१६ मा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । यहि साता इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा टोलीमा थिए । थ्री स्टारअघि उनले उनले संकटा र सुदूरपश्चिम फुटबल क्लबबाट पनि खेलेका थिए । एउटै खेलले कुन खेलाडीलाई कत्ति लामो यात्रा तय गर्छ वा भविष्यमा कस्तो प्रदर्शन गर्छ भन्न सहजै हुँदैन । तर, जसरी सबै खाले उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका सुनीलले भविष्यमा नेपाली फुटबलको स्टार बन्ने सम्भावना भने देखाएका छन् । यद्दपी आउने दिनमा उनले आफुलाई थप प्रमाणित गर्नुपर्ने हुन्छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]