7 years ago
September 7, 2018
प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै हातमा आएको छ ।
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
समूहको अन्तिम चरणको खेल शनिबार हुँदैछ । उक्त खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्नेछ भने पाकिस्तानले भुटानसँग खेल्नेछ । दोस्रो चरणको खेल सकिंदा अंक तालिकामा बंगलादेश २ खेलमा ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तान २ खेलमा ३ अंक लिएर बसेको छ । नेपालले पनि २ खेलमा ३ अंक नै जोडेको भएपनि हेड टु हेड नियमका आधारमा नेपाल तेस्रो स्थानमा रहेको हो । पाकिस्तानको तुलनामा नेपालको गोल अन्तर धेरै भएपनि हेड टु हेड नियममा समान अंक बोकेका दुई टोलीको नतिजालाई प्राथमिकतामा राखिने प्रावधान छ । समूहको पुछारमा रहेको भुटानले २ खेलमा कुनै अंक जोडेको छैन । यसका बाबजुद पनि भुटानको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।
नेपाल ४-० भुटान (म्याच रिपोर्ट)
नेपाललाई सेमिफाइनलमा स्थान पक्का गर्न पहिलो विकल्प बंगलादेश विरुद्ध स्पष्ट जित हासिल गर्नु हो । नेपालले शनिबार कुनै स्कोरले जित दर्ता गरेमा सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तो अवस्थामा नेपाल समूह विजेता वा उपविजेता बन्ने टुङ्गो लाग्न पाकिस्तान र भुटानको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटान भिड्ने भएकाले पनि नेपाललाई बंगलादेशविरुद्ध कस्तो नतिजा आवश्यक पर्छ, त्यो फाइदाजनक हुन सक्छ ।
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
यदि भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बंगलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि पाकिस्तानले भुटानसँग अंक गुमाएर नेपालले बंगलादेशलाई पराजित गरे नेपाल समूह विजेता बन्नेछ । यदि पाकिस्तानले भुटानलाई पराजित गर्दै नेपालले बंगलादेशलाई हराएको खण्डमा बंगलादेश बाहिरिने सम्भावना पनि कायम छ । यसका लागि नेपाल र बंगलादेशको खेलको नतिजा निर्णायक हुन्छ । यदि तीन टोलीको अंक समान भएमा, बराबर अंक भएका टोलीहरुको मात्र नतिजा हेरिन्छ ।
यो अवस्थामा भुटानले पाकिस्तानलाई फराकिलो अन्तरमा हराउने र नेपाल पनि बंगलादेशसँग पराजित मात्र भएपनि भुटानले अर्को चरणमा स्थान बनाउने छ । यसका लागि भुटानले कम्तिमा पनि ५ गोलअन्तर (अथवा ५ वा सोभन्दा बढी गोल गरेर ४ गोलको अन्तर ) ले जित दर्ता गर्नुपर्ने हुन्छ । यो सम्भावना भने गणितीय हिसाबले मात्र सम्भव हुने देखिन्छ । पाकिस्तानले भने भुटानलाई पराजित गर्दै समूहमा कुन स्थान हुने हो त्यो पक्का गर्न नेपाल र बंगलादेशको नतिजा कुर्नुपर्ने हुन्छ ।
समग्रमा भन्नुपर्दा बंगलादेशलाई बराबरी अथवा जितले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जित दर्ता गरे अर्को चरण पुग्ने पक्का छ । पाकिस्तानले पनि भुटानलाई पराजित गरेको खण्डमा नेपालको नतिजा कुर्नुपर्ने हुन्छ ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]