default_image

6 years ago

September 7, 2018

रियललाई एमबाप्पे आवश्यक, पेरेजको नजरमा नेयमार

45 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – पूर्व रियल मड्रिड विंगर स्टेभ म्याकमानमानले रियलमा रोनाल्डोको स्थानमा केलियन एमबाप्पेले लिन सक्ने बताएका छन् । तर, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न इच्छा व्यक्त गरेका छन् ।

रियलका लागि खेलिसकेका म्याकमानमानले  पेरेजलाई रोनाल्डोको स्थानका लागि एमबाप्पेलाई अनुबन्ध गर्न आग्रह गरेका छन् । पाँच पटकका ब्यालोन डीओर विजेता रोनाल्डो यसै सिजन रियल छाडेर युभेन्ट्स पुगेका हुन् । उनी रियलबाट १०० मिलियन युरोमा युभेन्ट्समा अनुबन्धित भए । उनी सिरी–ए मा सबै भन्दा बढी कमाइ गर्ने खेलाडीको शीर्षस्थानमा समेत छन् । रियलले रोनाल्डो बिक्री गर्ने बित्तीकै नेयमार, एमबाप्पे वा इडेन हाजार्डलाई अनुबन्ध गर्न सक्ने अनुमान गरिएको थियो ।

ट्रान्सफर विन्डोमा सम्बन्धित क्लबहरुले खेलाडी बेच्न आनकानी गर्दा रियल नयाँ स्टार भित्र्याउन असफल रह्यो । रियलले रोनाल्डोको ७ नम्बर जर्सी यसै सिजन रियलमा फर्केका मारियानो डियाजलाई दिएको छ । रियलले नेयमार र एमबाप्पेलाई क्लबमा अनुबन्ध गर्न चाहेपनि पीएसजीले प्रस्ताव अस्विकार गरेको थियो । म्याकमानमानका अनुसार फ्रान्स विश्वकप विजेता एमबाप्पे धेरै राम्रो छन् । तर पनि पेरेजको नजर ब्राजिलियन फरवार्ड नेयमार प्रति अडिग छ ।

‘यदि नेयमार क्लबमा भित्रिए स्थिति मुस्किल हुनेछ । किनकी उनले पहिले बार्साका लागि खेलेका थिए । मलाई थाहा छ की पेरेज वास्तवमा उनीलाई चाहन्छन् ।’ उनले थपे, ‘तर क्लबलाई यदि आउने १० वर्ष सम्मका लागि एक विश्वनसनीय स्टारको आवश्यकता छ भने मलाई लाग्छ एमबाप्पे जस्तो खेलाडी अनुबन्ध गर्नु पर्छ । किनकी उनी १९ बर्षीय एक राइजिङ स्टार युवा खेलाडी हुन् ।’

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.